समाजवादीका घनश्यामले भने : ओलीले एमालेको नेतृत्व छाड्नु हितकर ! « Khabarhub

समाजवादीका घनश्यामले भने : ओलीले एमालेको नेतृत्व छाड्नु हितकर !


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भुसालले आफ्नो विरोध गर्नेलाई केपी ओलीले शत्रु ठान्ने र आफ्ना चाकरी गर्नेलाई काखी च्याप्ने गरेको भन्दै भीम रावललाई ओलीप्रति प्रश्न उठाएपछि एमालेबाट निकालिएको बताएका हुन् ।

अहिलेको अवस्थामा ओलीको सबै प्रयोग असफल भएकाले पार्टीको नेतृत्व छाड्नु हितकर हुने उनले सुझाव दिए। उनले रावललाई आफ्नै पार्टीमा आउन आह्वान समेत गरे ।

भुसालले सहकारी प्रकरणमा भएको छानबिनमा केही गडबड भएको महसुस आफूलाई भएकाले निष्पक्ष न्यायिक छानबिन हुनुपर्ने बताए ।

रवि लामिछानेलाई इश्र्याका कारण केही दुःख दिएको हुनसक्ने उनले बताए । त्यस्तै महासचिव भुसालले गणतन्त्रमा अपेक्षा अनुसारको नेतृत्व देशले अझै पाउन नसकेको धारणा राखे ।

मुलुकको सबै समस्याका साथै हक अधिकार स्थापित गराउनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए ।

भुसालले गणतन्त्रका नेता भनेका राजनीतिक पार्टीहरूले आफ्नो औचित्य निरन्तर गुमाउन थालेकाले नयाँ व्यवस्थाका लागि जिम्मेवारी पार्टी निर्माणका लागि राम्रो अवसर प्राप्त भएको बताए ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ३ : १८ बजे

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई

कीर्तिपुरमा मरेका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ- काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएको कागमा बर्डफ्लु

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने