समाजवादीका घनश्यामले भने : ओलीले एमालेको नेतृत्व छाड्नु हितकर ! « Khabarhub

समाजवादीका घनश्यामले भने : ओलीले एमालेको नेतृत्व छाड्नु हितकर !


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भुसालले आफ्नो विरोध गर्नेलाई केपी ओलीले शत्रु ठान्ने र आफ्ना चाकरी गर्नेलाई काखी च्याप्ने गरेको भन्दै भीम रावललाई ओलीप्रति प्रश्न उठाएपछि एमालेबाट निकालिएको बताएका हुन् ।

अहिलेको अवस्थामा ओलीको सबै प्रयोग असफल भएकाले पार्टीको नेतृत्व छाड्नु हितकर हुने उनले सुझाव दिए। उनले रावललाई आफ्नै पार्टीमा आउन आह्वान समेत गरे ।

भुसालले सहकारी प्रकरणमा भएको छानबिनमा केही गडबड भएको महसुस आफूलाई भएकाले निष्पक्ष न्यायिक छानबिन हुनुपर्ने बताए ।

रवि लामिछानेलाई इश्र्याका कारण केही दुःख दिएको हुनसक्ने उनले बताए । त्यस्तै महासचिव भुसालले गणतन्त्रमा अपेक्षा अनुसारको नेतृत्व देशले अझै पाउन नसकेको धारणा राखे ।

मुलुकको सबै समस्याका साथै हक अधिकार स्थापित गराउनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए ।

भुसालले गणतन्त्रका नेता भनेका राजनीतिक पार्टीहरूले आफ्नो औचित्य निरन्तर गुमाउन थालेकाले नयाँ व्यवस्थाका लागि जिम्मेवारी पार्टी निर्माणका लागि राम्रो अवसर प्राप्त भएको बताए ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ३ : १८ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै