भ्रष्टाचार विकासको मुख्य बाधकः शेखर कोइराला « Khabarhub

भ्रष्टाचार विकासको मुख्य बाधकः शेखर कोइराला


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताएका छन् । आज महोत्तरीको भटौलियामा नेपाली कांग्रेस महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उनले त्यसैकारण अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्ने बताए ।

नेता डा कोइरालाले सुशासनका लागि अब कसैलाई दोष दिएर नभई सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । “भ्रष्टाचारबारे कसैप्रति दोष दिएर आपूm उम्कन पाइँदैन । यसलाई जरैदेखि निर्मूल पार्न सबैको सङ्कल्प चाहिन्छ”, उनले भने, “यो अभिभाराको नेतृत्व प्रजातन्त्रका लागि लामो लडाइँ लडेको कांग्रेसका कार्यकर्ताले गर्नुपर्छ । भ्रष्टाचारले संस्थागत रूप लिएकाले यसविरुद्ध निर्मम सङ्घर्ष आवश्यक छ । ”

युवा पुस्तालाई शिक्षा र रोजगारीका लागि मुलुकमै रहनसक्ने वातावरण नबनाएसम्म मुलुकले अग्रगति लिन नसक्ने धारणा राख्दै नेता डा कोइरालाले त्यसका लागि गुणस्तरीय प्राविधिक शिक्षा र उत्पादनमूलक काममा लगानीको आवश्यकता औँल्याउनुभयो । त्यसका लागि कृषि उपयुक्त अवसर भएको उनको भनाइ थियो ।

“हाम्रो सम्भावनाको क्षेत्र कृषि नै हो । मधेशकै कुरा गर्दा पनि यसलाई अन्नको भण्डार मानिँदै आइएको छ । कृषिलाई आधुनिकीकरण गर्न ठोस पहलकदमी नहुँदा लाभ लिन सकिएको छैन । अब कांग्रेस नेतृत्वमा बहुमतको सरकार बने मात्रै यी समस्या निदानका लागि काम गन सकिन्छ । यसका लागि सबैले प्रयास गरौँ”, डा कोइरालाले भने ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १० : ३० बजे

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं– सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा

बीपीकै नाममा रोपियो कांग्रेसमा फुटको बिउ : गगनलाई गाली गर्दै इतर पक्षीय नेताहरूले उठाए नयाँ पार्टीको बहस

काठमाडौं- जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसभित्रको आन्तरिक

राजस्व कार्यालय जनकपुर : छ अर्ब छ करोड ७८ लाख राजस्व संकलन

जनकपुरधाम– बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम,

भारतमा निर्माणाधीन सुरुङमा मिथेन ग्यास विस्फोट, २० जनाको मृत्यु

एजेन्सी-उत्तरपूर्वी भारतमा निर्माणाधीन सुरुङभित्र मिथेन ग्यास चुहावटपछि भएको विस्फोटमा परी

वर्षा रोकिएपछि यस्तो देखियो काठमाडौं (तस्बिर)

काठमाडौं– नेपालमा अहिले मनसुनी वायुको प्रभाव छ । यसकै कारण काठमाडौं