बंगलादेशसँग मिलेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता « Khabarhub

बंगलादेशसँग मिलेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बंगलादेशको प्रधानमन्त्रीमा शेख हसिना पुनःनिर्वाचित भएपछि प्रधानमन्त्री दाहालले उनलाई पठाएको बधाई सन्देशमा बंगलादेशको नेतृत्वसँग मिलेर काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका नवनियुक्त परराष्ट्रमन्त्री डा हसन महमुदसँग शनिबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले  दुई देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गरेको जानकारी दिएका थिए । 

त्यसअवसरमा राजदूत भण्डारीले परराष्ट्रमन्त्रीमा डा हसन महमुद नियुक्त भएकोमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उनलाई सम्बोधन गरेर पठाएको बधाईपत्र हस्तान्तरण गरेको ढाकास्थित नेपाली राजदूतवासले जनाएको छ । 

त्यसअवसरमा नेपाल–बङ्गलादेशबीचको आर्थिक सहयोगलाई थप मजबुत बनाउने उपायबारे विचार आदानप्रदान भएको थियो । परराष्ट्रमन्त्री महमुदले आफूले गरेको नेपालको  औपचारिक स्मरणको स्मरण गर्दै दुई देशबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गरे । 

उनले व्यापार, पर्यटन, ऊर्जा, जलवायु परिवर्तन र जनस्तरको सम्पर्कका क्षेत्रमा रहेको सम्भावनालाई सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए । हामीले हाम्रा देशहरूबीचको ऊर्जा व्यापारलाई यथाशीघ्र अघि बढाउन मिलेर काम गर्नुपर्छ र वार्तालाई तीव्रता दिनुपर्नेमा जोड दिए। 

राजदूत भण्डारीले परराष्ट्र मन्त्रालयको परामर्श, ऊर्जासम्बन्धी संयुक्त सञ्चालन समिति, वाणिज्य सचिवस्तरीय बैठकलगायत विभिन्न द्विपक्षीय संयन्त्रमा भएका प्रगतिबारे परराष्ट्रमन्त्रीसँगविचार  आदान–प्रदान गरेका थिए । उनले द्विपक्षीय साझेदारीबारे प्रकाश पार्दै व्यापार, ऊर्जा, कनेक्टिभिटी, शिक्षा र पर्यटनजस्ता क्षेत्रमा घनीभूत सहकार्य आवश्यक भएको बताएका थिए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ३ : १० बजे

मुक्त कमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

कञ्चनपुर- कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले

दश बुँदे घोषणापत्र जारी गर्दै ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न

गण्डकी- पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा सञ्चालित ‘गाउँ पर्यटन मार्ट २०८३’

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा