सुदूरपश्चिममाथि आर्मीको फराकिलो जित « Khabarhub

सुदूरपश्चिममाथि आर्मीको फराकिलो जित


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराएको छ । टियु क्रिकेट मैदानमा आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदुर ४०.१ ओभरमा १६५ रनमा अलआउट भयो ।

सुदूरका लागि किरन ठगुन्नाले सर्वाधिक ६८ रन बनाए । शेर मल्लले २४ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।

आर्मीका लागि जितेन्द्र मुखियाले ५ विकेट लिए । सोमपाल कामीले २ विकेट लिँदा भन्द बसिर अहमद, शाहब आलम र कुशल मल्लले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा अलआउट भयो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए । बसिर अहंमद ३६ रनमा आउट भए ।

सुदूरका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए । नरेन साउदले ३ र बिकाश आग्रीले १ विकेट लिए । जारी प्रतियोगितामा आर्मी ८ खेलमा ६ जित सहित १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ४ : २४ बजे

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । 

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा