सालिकसहितको उद्यान निर्माण | Khabarhub Khabarhub

सालिकसहितको उद्यान निर्माण


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । चार वर्षदेखि थालिएको उद्यान तथा सालिक निर्माणले अहिले पूर्णता पाएको हो । 

बागलुङको भकुण्डे गाउँमा पहिलो पटक १० रोपनी जग्गामा ‘अतिथि सत्कार घरबास’ ९होमस्टे० सञ्चालनमा ल्याएर ग्रामीण पर्यटनका अगुवाका रुपमा परिचय बनाउनुभएका क्याप्टेन रुद्रमान गुरुङको सम्झनामा उहाँको अर्धकदको सालिकसहित उद्यान बनाइएको छ ।

उक्त पार्कमा निर्माण गरिएको क्याप्टेन गुरुङ स्मृति पार्कको मङ्गलबार प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र थापाले उद्घाटन गरे । थापाले उद्यानमा राखिएको स्वर्गिय गुरुङको सालिकसमेत अनवारण गरेका थिए । 

उद्यान उद्घाटन र सालिक अनावरणपछि पर्यटनमन्त्री थापाले ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्मित घरबासले यहाँको आर्थिकस्तर उकास्नुका साथै स्थानीयलाई रोजगारीको अवसरसमेत सृजना गरेको बताए। 

पर्यटनमन्त्री थापाले पार्कमा थप पूर्वाधार बनाउन आगामी वर्ष पर्यटन मन्त्रालयबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। भकुण्डेबासीको आर्थिक विकासकोे माध्यम बनेका घरबासलाई थप पूर्वाधार विस्तारका लागि प्रदेश सरकार सदैव सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।

जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा घरबास पर्यटन सुरु भएको एक दशक हुन लागेको छ । घरबास प्रवर्द्धनका लागि चार वर्ष अघिदेखि निर्माण थालिएको स्मृति पार्कमा अहिलेसम्म ३९ लाखको पूर्वाधार निर्माण भइसकेको छ । यहाँ मुलाबारी भ्यूटावर, सङ्ग्रहालयसँंगै पार्क निर्माण गरेपछि यहाँ आउने पर्यटकसमेत वृद्धि भएको स्थानीय बताउँछन् । 

घरबासको खानाका परिकारले मात्रै पाहुना आर्कषित नहुँने भन्दै पर्यटक रमाउने र बासको परिकल्पना गरेर पार्क निर्माण थालिएको स्मृति पार्क निर्माण समितिका सल्लाहकार एवं पर्यटन प्रवर्द्धनका अगुवा खिम बहादुर थापाले बताए। 

थापाका अनुसार १० रोपनी जग्गामा फैलिएको उद्यानको तारबार, दुईतर्फ प्रवेशद्वार, सार्वजनिक भवन, खानेपानी शौचालयसहित गुरुङको सालिक स्थापना भइसकेको छ । 

पर्यटन मन्त्रालयको घरबास प्रवर्द्धन कार्यक्रमअन्र्तगत रू १० लाख, दुई आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयबाट रू २० लाख र बागलुङ नगरपालिकाको रू चार लाख गरी रू ३४ लाख खर्च भइसकेको उनले जानकारी दिए। उनका अनुसार स्थानीय, सरोकारवाला निकाय र पर्यटन व्यवसायीले पार्क निर्माणमा रू पाँच लाख चन्दा सहयोग गरेका छन् ।

विस्तृत अध्ययन प्रतिवेदनअनुसार पार्कले पूर्णता पाउन रू तीन करोड लाग्ने जनाइएको भएपनि पार्क सञ्चालनका लागि आधारभूत पूर्वाधार निर्माणमा अझै रू ५० लाख खर्च गर्न आवश्यक रहेको निर्माण समितिका सल्लाहकार थापाको भनाइ छ । 

पार्कको चार रोपनी जग्गामा फलफूल बगैँचा, एक रोपनी जग्गामा फूल बगैँचा र दुई रोपनी जग्गामा चिल्ड्रेन पार्क निर्माण गर्ने लक्ष्य लिइएको अतिथि सत्कार सामुदायिक घरबासका अध्यक्ष मुना थापाले बताए। उनले पार्क सञ्चालनको खर्च पार्कबाटै उठाउने गरी फलफूललाई आम्दानीको स्रोत बनाउने लक्ष्य राखिएको जानकारी दिए। 

बागलुङ नगरपालिकाले पर्यटकीय गाउँका रुपमा भकुण्डेलाई विकास गर्न लागेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। उनका अनुसार उद्यानमा पर्यटनसँग सम्बन्धित खोज र अनुसान्धानका सामग्रीसमेत रहने छन् । अहिले घरबासमा आन्तरिकसँगै विदेशी पर्यटकसमेत आउन थालिसकेका उनको भनाइ थियो ।

अष्ट्रेलियन नागरिक टमी र भूतपूर्व गोरखा सेनाका अवकाशप्राप्त लाहुरे गुरुङले विसं २०५४ असोजदेखि स्याङ्जाको सिरुबारीमा नेपालको पहिलो ग्रामीण पर्यटन गाउँ सञ्चालन गरेका थिए । उनीहरुको अवधारणमा नेपालमा घरबास पर्यटन थालिएको भन्दै बागलुङका घरबास सञ्चालकले यहाँ वृहत पार्क निर्माण गरी गुरुङलाई सम्मान प्रदान गरिएको सामुदायिक घरबासका अध्यक्ष थापाले जानकारी दिए । 

घरबासमा एकै रातमा ५० जना पहुँना राख्न सकिने घरबास सञ्चालकको भनाइ छ । घरबासमा पहुँनाको रोजाइअनुसारको सेवा सुविधा दिइँदै आइएको अध्यक्ष थापाले बताए।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  १ : २९ बजे

उद्योगी व्यवसायीको पक्षमा नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धाराशयी अवस्थाबाट गुज्रिरहेका

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर

हर्क साम्पाङलाई पूर्वजनप्रतिनिधिले पत्रको जवाफ नदिने

सुनसरी – धरान उपमहानगरपालिकाका निवर्तमान मेयर (नगर प्रमुख) तिलक राई

ताइवानको संसदमा भीषण झडप, सांसदहरूबीच हानाहान !

काठमाडौं–  ताइवानमा नयाँ राष्ट्रपतिलाई चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई

बेगनास तालको पूर्वाधार विकासमा जोड दिनुपर्छ : मुख्यमन्त्री अधिकारी

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालको पर्यटकीय उपयोगका