नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट | Khabarhub Khabarhub

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अंकले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सीमित भएको छ । 

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अंकले ओरालो लागेर तीन सय ५१ दशमलव ६५ मा सीमित भएको छ । आज कारोबार भएका कूल १३ उपसमूह नै ओरालो लागेको हो । कूल ७४ लाख ४६ हजार नौ सय ९१ कित्ता शेयर रू दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ मूल्यमा कारोबार भएको छ । 

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रू ११ करोड १३ लाख १० हजार तीन सय ४६ बराबरको कारोबार भएको छ । जोशी हाइड्रोपावर १० करोड १४ लाख ३३ हजार चार सय ५५, हिमालयन रिइन्स्योरेन्स रू आठ करोड तीन लाख ३५ हजार, हाथवे इन्भेस्टमेन्ट छ केड ५९ लाख ९१ हजार छ सय ९६ र शिवम् सिमेन्ट रू पाँच करोड २१ लाख १२ हजार आठ सय ७० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त नौ दशमलव ८६, मानुषी लघुवित्त तीन दशमलव ९८, समाज लघुवित्त तीन दशमलव ९०, एनएमबी–५० का लगानीकर्ताले तीन दशमलव ५९ प्रतिशतले गुमाएका छन् । 

त्यस्तै, जोशी हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर आठ दशमलव ६२, मैलुङ हाइड्रोपावर आठ दशमलव शून्य एक, इन्ग्वा हाइड्रोपावर सात दशमलव ५८ र एनआइसी एसिया ग्रोथ फण्ड दोस्रोका लगानीकर्ताले सात दशमलव ५७ प्रतिशतले गुमाएका छन् । 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ३ : ३७ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि