सुनसरीमा दादुरा–रुबेला खोप अभियानको तयारी पूरा « Khabarhub

सुनसरीमा दादुरा–रुबेला खोप अभियानको तयारी पूरा


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले आज सदरमुकाम इनरुवामा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर फागुन १५ देखि चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

सुनसरीमा खोप अभियान सञ्चालनका लागि नौ सय ९३ वटा खोप लगाउने बुथ निर्धारण गरिएको छभने पाँच सय ९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए।

त्यसैगरी, खोप अभियान सञ्चालनका लागि एक हजार नौ सय ८६ जना स्वास्थ्यकर्मी र दुई हजार नौ सय ९९ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिने उनले जानकारी दिए । सुनसरीमा नौ महिनादेखि ५ वर्षसम्मका दुई लाख ४९ हजार आठ सय २५ जना बालबालिकालाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख प्रसाईले बताए ।

जिल्ला खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने तालिम, सामग्री हस्तान्त्रण, खोपलगायत कार्य भएको उनले बताए । जिल्लामा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरेर विशेषरुपमा खोप अभियान सञ्चालन गर्नका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चायले आग्रह गरे।

कार्यक्रम जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमा सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, सेभ द अर्थका पुष्प भट्टराई, पत्रकार महासङ्घ सुनसरीका कोषाध्यक्ष अजितकुमार झालगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  १० : ३९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका