सुनसरीमा दादुरा–रुबेला खोप अभियानको तयारी पूरा « Khabarhub

सुनसरीमा दादुरा–रुबेला खोप अभियानको तयारी पूरा


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले आज सदरमुकाम इनरुवामा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर फागुन १५ देखि चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

सुनसरीमा खोप अभियान सञ्चालनका लागि नौ सय ९३ वटा खोप लगाउने बुथ निर्धारण गरिएको छभने पाँच सय ९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए।

त्यसैगरी, खोप अभियान सञ्चालनका लागि एक हजार नौ सय ८६ जना स्वास्थ्यकर्मी र दुई हजार नौ सय ९९ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिने उनले जानकारी दिए । सुनसरीमा नौ महिनादेखि ५ वर्षसम्मका दुई लाख ४९ हजार आठ सय २५ जना बालबालिकालाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख प्रसाईले बताए ।

जिल्ला खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने तालिम, सामग्री हस्तान्त्रण, खोपलगायत कार्य भएको उनले बताए । जिल्लामा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरेर विशेषरुपमा खोप अभियान सञ्चालन गर्नका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चायले आग्रह गरे।

कार्यक्रम जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमा सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, सेभ द अर्थका पुष्प भट्टराई, पत्रकार महासङ्घ सुनसरीका कोषाध्यक्ष अजितकुमार झालगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  १० : ३९ बजे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र

फागुन १५ मा ‘प्रवासी जीवन’

काठमाडौँ– महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी

पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई भेटे ओलीले

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पितृशोकमा रहेका