आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च २९ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आफ्नै कामको सुरुवात गर्नुपर्ने दिन छ। काम गर्ने हिम्मत नगरे घाटा हुनेछ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : साथीको सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीभाइ तपाईंप्रति सकारात्मक छन्। सञ्चित धन खर्च गरेर आफ्नो भविष्य निर्माण गर्ने दिन हो।

मिथुन : धन प्राप्त हुने योग छ। लगानीबाट वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ। मिठो खान पाउने दिन छ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कट : तपाईंका साथी गलत कामको पर्खाइमा बसेका छन्। खर्च बढ्ने योग रहेको छ। स्वास्थ्यमा राम्रो छ। शिक्षामा प्रगति हुनेछ। परिवारको साथ निरन्तर मिल्नेछ।

सिंह : कर्मको फल प्राप्त गर्ने योग छ। लामो समयदेखि रोकिएको काम बन्नेछ। सामाजिक क्षेत्रमा सेवाको मौका मिल्नेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

कन्या : यात्रा रमाइलो बन्नेछ। परोपकार गर्नु राम्रो हुन्छ। शिक्षामा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने फाइदा हुनेछ। नयाँ कामको सुरुवात हुनेछ।

तुला : सामाजिक क्षेत्रमा मानसम्मान मिल्नसक्छ। परिवारको साथ मिल्नेछ। समाजसेवा र धर्मममा मन जानेछ। यात्रा रमाइलो हुनेछ।

वृश्चिक : अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन हो। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। अल्छीपनले आफूलाई नै घाटा हुनेछ।

धनु : आर्थिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमै सम्भावना देखिन्छ। छोटो यात्रा फलदायी हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

मकर : रोकिएको काम बन्नेछ। भाग्यको उदय हुने दिन हो। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। सोचेको काम बन्ने योग छ। आफन्तले सहयोग गर्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध राम्रो छ।

मीन : आम्दानी भन्दा खर्च बढी हुने योग छ। साथीहरुले कुरा काट्ने भएकाले बोल्दा ख्याल गर्नुहोला। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जोगिएर व्यवहार गर्नु राम्रो हुन्छ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ५ : २० बजे

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम