अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस् « Khabarhub

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा भित्री वस्त्र खोलेर सुत्नु पर्छ। दिउँसो र बाहिर जाँदा ब्रा लगाउनु राम्रो हुन्छ । किनभने यसले स्तनलाई आकर्षक र सुडौल बनाउँछ, तर सधैँ ब्रा लगाउनु राम्रो होइन ।

विशेष गरी राती सुत्दा आरामदायी र खुकुलो लुगा लगाउनु उचित हुन्छ । टाइट लुगा लगाउनबाट जोगिनु पर्छ । यसले स्वास्थ्यको लागि पनि धेरै लाभदायक साबित हुन सक्छ।

कतिपय महिलाहरू यो पनि विश्वास गर्छन् कि ब्रा नलगाउँदा स्तनहरू ठुलो हुन्छ र तिनीहरूको आकार पनि बिग्रन्छ । तर यथार्थमा यस्तो भएको छैन । बरु, सत्य यो हो कि ब्रा लगाउनु अनिवार्य छैन । त्यसैले ब्रा नलगाउँदा स्तनमा कुनै असर पर्दैन, बरु अन्य कारणहरू यसको लागि जिम्मेवार हुन्छन्।

दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ। भित्री वस्त्र खोलेर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुने विभिन्न अध्ययनले पत्ता लगाएको छ।

 राति भित्री वस्त्र खोलेर सुत्दा श्वासप्रश्वास र रक्तसञ्चारमा सहजता भई आराम महसुस हुन्छ । पुरुषले पनि रातमा सुत्दा भित्री कपडा खोलेर खुकुला सुतीको कपडा प्रयोग गर्नु राम्रो हुन्छ ।

रक्तसञ्चार सुचारु- ब्रा–पेन्टी कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

दाग नबस्ने- ब्रा र पेन्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ। पछि यस्तो दाग कालो बन्न पुग्छ। गर्भवती अथवा स्तनपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ।

गहिरो निद्रा- ब्रा र पेन्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ। किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ।

आराम- ब्रा र पेन्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ।

स्तनसम्बन्धी रोग निदा- टाइट ब्रा लगाएर सुत्ने महिलामा स्तन सुनिने, स्तनमा पानी जम्नेजस्ता समस्या देखिन सक्छन्। राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो समस्या देखिँदैन। 

पसिना कम- सुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ।

क्यान्सरको जोखिम कम- कसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर लाग्ने जोखिम बढी हुन्छ। कसिलो ब्राले स्तन वरिपरिको भागमा रक्तसञ्चार सुचारु हुन दिँदैन। जसले गर्दा क्यान्सरको जोखिम बढ्छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ६ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै