अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस् « Khabarhub

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा भित्री वस्त्र खोलेर सुत्नु पर्छ। दिउँसो र बाहिर जाँदा ब्रा लगाउनु राम्रो हुन्छ । किनभने यसले स्तनलाई आकर्षक र सुडौल बनाउँछ, तर सधैँ ब्रा लगाउनु राम्रो होइन ।

विशेष गरी राती सुत्दा आरामदायी र खुकुलो लुगा लगाउनु उचित हुन्छ । टाइट लुगा लगाउनबाट जोगिनु पर्छ । यसले स्वास्थ्यको लागि पनि धेरै लाभदायक साबित हुन सक्छ।

कतिपय महिलाहरू यो पनि विश्वास गर्छन् कि ब्रा नलगाउँदा स्तनहरू ठुलो हुन्छ र तिनीहरूको आकार पनि बिग्रन्छ । तर यथार्थमा यस्तो भएको छैन । बरु, सत्य यो हो कि ब्रा लगाउनु अनिवार्य छैन । त्यसैले ब्रा नलगाउँदा स्तनमा कुनै असर पर्दैन, बरु अन्य कारणहरू यसको लागि जिम्मेवार हुन्छन्।

दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ। भित्री वस्त्र खोलेर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुने विभिन्न अध्ययनले पत्ता लगाएको छ।

 राति भित्री वस्त्र खोलेर सुत्दा श्वासप्रश्वास र रक्तसञ्चारमा सहजता भई आराम महसुस हुन्छ । पुरुषले पनि रातमा सुत्दा भित्री कपडा खोलेर खुकुला सुतीको कपडा प्रयोग गर्नु राम्रो हुन्छ ।

रक्तसञ्चार सुचारु- ब्रा–पेन्टी कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

दाग नबस्ने- ब्रा र पेन्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ। पछि यस्तो दाग कालो बन्न पुग्छ। गर्भवती अथवा स्तनपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ।

गहिरो निद्रा- ब्रा र पेन्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ। किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ।

आराम- ब्रा र पेन्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ।

स्तनसम्बन्धी रोग निदा- टाइट ब्रा लगाएर सुत्ने महिलामा स्तन सुनिने, स्तनमा पानी जम्नेजस्ता समस्या देखिन सक्छन्। राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो समस्या देखिँदैन। 

पसिना कम- सुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ।

क्यान्सरको जोखिम कम- कसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर लाग्ने जोखिम बढी हुन्छ। कसिलो ब्राले स्तन वरिपरिको भागमा रक्तसञ्चार सुचारु हुन दिँदैन। जसले गर्दा क्यान्सरको जोखिम बढ्छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ६ : २१ बजे

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन