खेलकुद संघको नयाँ नेतृत्व र अपेक्षा | Khabarhub Khabarhub

खेलकुद संघको नयाँ नेतृत्व र अपेक्षा


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

गएका वर्ष नेपालमा धेरै खेल सङ्घका अधिवेशन भए। यसरी भएका अधिवेशन मध्ये केही संघले नयाँ नेतृत्व पाएका छन्। यी मध्येका तीन फरक पृष्ठभूमि भएका संघले तीन जना युवा पुस्ताको अध्यक्ष पाएका छन्।

इ स्पोर्ट्स सङ्घ (इशान) मा अञ्जन धमला, कुस्तीमा प्रकाश कुसारी तथा नेपाल बेसबल तथा सफ्ट बल एसोसिएसनमा दीपक न्यौपाने अध्यक्ष बनेका हुन्।

सामान्य पृष्ठभूमिबाट खेलकुदमा प्रवेश गरेका उनीहरूको सक्रियता र दृष्टिकोण दरिलो आर्थिक सम्पन्नता भएका तथा आफूलाई वर्षौँदेखि खेलकुदको मसिहा ठान्नेका लागि समेत दरिलो पाठ हो।

लामो समयदेखि विवादमा रहेको नेपाल कुस्ती संघले प्रकाशकुमार कुसारीको अध्यक्षतामा नयाँ नेतृत्व पाएको हो। यसैगरी सङ्घको सचिव र महासचिवको जिम्मेवारी पुरा गरिसकेको दीपक न्यौपाने नेपाल बेसबल तथा सफ्ट बल सङ्घको अध्यक्षमा सर्वसम्मत निर्वाचित भए। राष्ट्रिय खेलकुद परिषद् सदस्य रहेका अञ्जन धमला इ स्पोर्ट्सका अध्यक्ष भए।

पछिल्लो समय इ स्पोर्ट्स नेपालमा लोकप्रिय छ। इन्टरनेटमा मनोरञ्जनको एउटा माध्यम मात्र नभएर प्रतिस्पर्धात्मक खेलको स्वरूपमा पनि इ स्पोर्ट्स अघि बढेको छ। गत वर्ष चीनमा भएको एसियाली खेलकुद महोत्सवमा इ स्पोर्ट्समा नेपाल सहभागी थियो।

पछिल्लो समय इ स्पोर्ट्स नेपालमा लोकप्रिय छ। इन्टरनेटमा मनोरञ्जनको एउटा माध्यम मात्र नभएर प्रतिस्पर्धात्मक खेलको स्वरूपमा पनि इ स्पोर्ट्स अघि बढेको छ। गत वर्ष चीनमा भएको एसियाली खेलकुद महोत्सवमा इ स्पोर्ट्समा नेपाल सहभागी थियो।

नेपालको लामो समयको इतिहास बोकेको खेललाई माथ खुवाउँदै इ स्पोर्ट्सले राम्रो प्रदर्शन गरेको थियो। मार्सल विधामा परिचित अञ्जनले लामो समय नेपाल आइटीएफको नेतृत्व गरेका थिए। सो अनुभव इ स्पोर्ट्सको विकास र विस्तारमा सहयोग हुने उनको मत छ। ‘स्थापित सङ्घमा भन्दा पनि नयाँ स्वरूपको खेलमा चुनौती तथा आफैले राम्रो काम गरेर देखाउने अवसर दुवै छ,’ इस्पोर्ट्सको नेतृत्व गर्ने चाहनाको बारे अञ्जनले भने।

नेपाली खेलकुदमा लामो समयदेखि एउटै किसिमको समस्या छ। व्यापारिक घराना, नवीन दृष्टिकोणको अभाव र सिर्जशीलता नभएका परम्परागत अनुहार नेतृत्वमा पुग्छन् । तर काम गर्दैनन् । यस्तो नेतृत्वलाई अब धमला, कुसारी र न्यौपानेले काम गरेर देखाउनुपर्ने चुनौती छ ।

मकवानपुरमा दीपक लामो समयदेखि बेसबलमा सक्रिय थिए। खेलको सुरुवाती विकास गर्ने क्रममा सङ्घमा प्रवेश गरेदेखि नै प्रशिक्षकको कोर्स पुरा गरेका उनले तल्लो तहमा नै आफै सक्रिय हुने गरेका थिए। बेसबलका थुप्रै कोर्स आफै गर्ने तथा दक्ष जनशक्ति निर्माणमा उनको ध्यान केन्द्रित छ। यसका लागि अन्तर्राष्ट्रिय समन्वय गर्ने काममा उनी चुस्त छन्।

नेपाली खेलकुदमा लामो समयदेखि एउटै किसिमको समस्या छ। व्यापारिक घराना, नवीन दृष्टिकोणको अभाव र सिर्जशीलता नभएका परम्परागत अनुहार नेतृत्वमा पुग्छन् । तर काम गर्दैनन् । यस्तो नेतृत्वलाई अब धमला, कुसारी र न्यौपानेले काम गरेर देखाउनुपर्ने चुनौती छ ।

उनले केही योजना सार्वजनिक गरेका छन्। आफ्नै पहलमा विदेशी प्रशिक्षक ल्याएर राष्ट्रिय टोलीका प्रशिक्षण गर्ने काम पनि गरे। दीपक आफै पनि खेल विकासमा अन्य टिमसँगै सक्रिय हुन्छन्।

भौतिक संरचना निर्माणको क्रममा उनले कागेश्वरी मनोहरा र महालक्ष्मी नगरपालिकासँग समन्वय गरी सकेका छन्। उनले मैदान निर्माणका लागि यो सहकार्यको सुरुवात गरेका हुन्। नेपालमा अहिले दुई अन्तर्राष्ट्रिय रेफ्री छन्। यसको सङ्ख्या विस्तारै थपिँदै जाने दीपकको अपेक्षा छ। इन्टरनेसनल इन्सट्रक्सटर समेत रहेका दीपककै व्यवस्थापनमा नेपालले एक पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सेमिफाइनलको यात्रा तय गरिसकेको छ।

उनले अमेरिकाबाट कोच इन्सट्रक्टर नेपालमा ल्याएर बेसबल प्रशिक्षक तयार पार्ने योजना बुनेका छन्। प्रकाशले लामो समयदेखि विवादमा रहेको नेपाल कुस्ती सङ्घलाई नयाँ सिराबाट अगाडि बढाउने योजना बुनेका छन्। उनका केही प्रस्ट योजना छन्। विद्यालय तहसँग सम्पर्क गरेर तल्लो तहमा प्रशिक्षण सुरु गर्ने उनको पहिलो योजना हो। वार्षिक रूपमा उमेर समूह तथा खुलाको राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने उनको अर्को योजना छ।

कुस्तीको चुस्त सचिवालय निर्माणमा उनी लागेका छन्। नेपाली कुस्तीमा अन्तर्राष्ट्रिय कोर्सको अभाव भएकाले उनी त्यसको तयारीमा लागेका छन्। स्थानीय तह र कर्पोरेट क्षेत्रसँगको समन्वयमा धेरै कुस्ती प्रशिक्षकलाई रोजगारी उनको अर्को लक्ष्य हो।

विदेशी सङ्घसँग समन्वय गरेर नेपालको कुस्तीमा थप अवसर दिलाउने उनको अर्को योजना हो। धेरै योजना बने पनि सोचेजस्तो सहज अवस्था नभएको उनको भनाइ छ। उनी भन्छन्, ‘लक्ष्य र योजना कार्यान्वयन चुनौतीपूर्ण छ। थुप्रै समस्या छन्। तर मैले चुनौती स्वीकार गरिसकेको छु। अब काम गर्ने समय आएको छ।’

 राज मोहम्मद अन्सारीको नाम हटाएर कुस्तीमा कुसारीलाई मान्यता दिने ग्रिन सिग्नल मात्र दिएको छैन। यसले खेलमा विवादको अन्त्य गर्ने सम्भावना पनि देखाएको छ।

नेपाली कुस्ती लामो समयदेखि विवादमा थियो। यस पटक भने राज मोहम्मद अन्सारीको नाम हटाएर कुस्तीमा कुसारीलाई मान्यता दिने ग्रिन सिग्नल मात्र दिएको छैन। यसले खेलमा विवादको अन्त्य गर्ने सम्भावना पनि देखाएको छ।

लामो समयदेखि निष्क्रिय रहेको नेपाल कबड्डी संघले यो वर्ष प्रो लिगको आयोजना गरेको छ। भारतमा लोकप्रिय भइसकेको प्रो लिग नेपालमा पनि भविष्यमा सफल हुने कुरामा विश्वास गर्न सकिन्छ।

महासचिव भएका अरविन्द कुमार झाको भूमिका यसमा प्रमुख देखिन्छ। काठमाडौँमा भएको साधारण सभाले अध्यक्षमा तुलसी थापालाई यथावत् राख्दै महासचिव सहितको पदमा झा सहितको प्यानललाई जिताएको हो। त्यसपछि नेपाली कबड्डी सक्रिय बनेको छ।

नेपाली खेलकुदमा एउटा ठुलो समस्या वर्षौँदेखिको हो। पदमा रहने र केही फरक काम गर्न नसक्ने, आफूलाई खेलकर्मीको अभिभावक नभई शासक ठान्नेको बिचमा अहिले देखिएको युवा नेतृत्व अन्य धेरैका लागि अनुकरणीय हुनसक्छन्।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ८ : ३६ बजे

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ