सुरक्षा विकास र सुशासनको पूर्वशर्त हो : रक्षामन्त्री उप्रेती « Khabarhub

सुरक्षा विकास र सुशासनको पूर्वशर्त हो : रक्षामन्त्री उप्रेती


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सुरक्षा मुुुुुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डतासँग अन्योन्याश्रित मात्र नभई सुशासन र विकासको पूर्वशर्त भएको बताएका छन् ।

उनले भरपर्दो सुरक्षा प्रबन्ध नभई मुलुकको अस्मिता र अस्थित्वको रक्षा तथा नागरिकलाई भयरहित वातावरण सुनिश्चित गर्न नसकिने धारणा राखे । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालित १६ दिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापन समारोहमा रक्षामन्त्री उप्रेतीले भने, “राष्ट्रिय सुरक्षा र राष्ट्रियहितको संरक्षण र संवर्द्धन गर्नु प्रत्येक नेपालीको प्रमुख दायित्व हो ।”

सुरक्षा बहुआयामिक, अन्तरसम्बन्धित र बहुनिकायसँग सम्बन्धित सरोकार राख्ने विषय उल्लेख गर्दै उनले सुदृढ राष्ट्रिय सुरक्षाका लागि राज्यका निकायहरूबीच साझा धारणा बनाउन निरन्तर संवाद, समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

सबैको सक्रियता, तत्परता र प्रयासबाट राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन भई मुलुकको आन्तरिक र बाह्य सुरक्षा सुदृढ हुने विश्वास व्यक्त गर्दै मन्त्री उप्रेतीले एसियाका ठूला शक्तिको बीचमा रहेको नेपालको भू–राजनीतिका हिसाबले राष्ट्रिय सुरक्षाको आफ्नै खाले चुनौती र महत्व रहेको बताए।

उनले भने, “राष्ट्रिय अस्मिताको रक्षा र राष्ट्रिय हितको संरक्षणका लागि राष्ट्रका सबै शक्ति एक ढिक्का भएर उभिन आवश्यक छ । त्यो भावनाको विकास प्रत्येक जनजनमा हुन आवश्यक छ ।”

राष्ट्रिय सुरक्षाको आयाम विगतभन्दा जटिल हुँदै गएको बताउँदै रक्षामन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षा भन्नाले भूगोलको मात्र रक्षा नभई राजनीतिक, आर्थिक, सामाजिक, वातावरण तथा मूल्य, मान्यताको संरक्षणसमेत भएको विचार प्रकट गरे ।

उनले राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय शक्तिको मुख्य तत्व अर्थतन्त्र, कूटनीति, सूचना र सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन स्रोतले सम्पन्न गराउँदै समुचितरूपमा राष्ट्रिय हितमा प्रयोग गरी विद्यमान राष्ट्रिय सुरक्षा चुनौतीको डटेर सामना गर्नुपर्ने बताए।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १० : १६ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते