आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार सन् २०२४ अप्रिल २९ तारिख। वैशाख कृष्ण पक्षको पञ्चमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : सोचेको काम बन्नेछ। नबनेको काममा सुधारका संकेत देखिने छन्। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। राजनीतिमा सुधारका संकेत देखिने छन्। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

वृष : ११ औं स्थानमा तीन वटा शुभ ग्रह बसेकाले आम्दानीका बाटा सबैतिर खुला छन्। यसलाई सदुपयोग नगरेमा घाटा हुनेछ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र अब्बल रहेका छन्। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : लगानीबाट उत्साह बढ्नेछ। लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ। आफन्तबाट जोगिएर काम गर्नु राम्रो हुनेछ। शिक्षामा खर्च नगर्नु राम्रो हुनेछ। परिवारको साथ राम्रो मिल्नेछ।

कर्कट : झुटा आरोप लाग्ने जोखिम छ। विवादले सताउने हुनसक्छ। शिक्षामा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

सिंह : जिम्मेवारीमाथि दायित्व बोध गर्नुपर्ने दिन छ। साथीसँग रमाइलो भेट हुनेछ। मिठो खान पाउने दिन छ। शिक्षा क्षेत्र सामान्य भए पनि लगानीको क्षेत्रबाट फाइदा हुनेछ। विदेशको यात्रा सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कन्या : आराम गर्ने दिन हो। पुराना योजनाले गति लिनेछन्। साथीले सहयोग गर्नेछन्। राम्रो कामको थालनी गर्नु भएमा फाइदा हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको सुझाव लिएर काम गर्नु राम्रो हुन्छ।

तुला : दैनिकी राम्रो छ। उत्कृष्ट कामको उचित मूल्यांकन हुनेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। सञ्चित धनलाई सदुपयोग गर्नु राम्रो हुन्छ। ठुला काममा हात लगाउन हिम्मत गर्नु राम्रो हुनेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुने योग छ। परिवारमा उचित मूल्यांकन गर्न नसक्दा समस्या हुने देखिन्छ।

धनु : बोलीको प्रभावले राम्रा काम बन्नेछन्। मनमा उत्साहा रहनेछ। आफूले नसोचेका मानिसको साथ र सहयोग रहने देखिन्छ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। खानपानमा ख्याल नगर्नाले रोग बढ्ने देखिन्छ। परिवारको सुझाव लिएर अगाडि बढेको राम्रो हुन्छ।

मकर : अल्छीपन बढ्ने छ। मनमा अशान्ति रहनाले साथीहरु टाढिने जोखिम छ। शनिदेवको नकारात्मक दृष्टिबाट बच्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने देखिन्छ।

कुम्भ : राम्रो काम गरे पनि जस भने अरुले लिने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्नेछ। थोरै बोलेर काम धेरै गर्नुपर्ने दिन हो। अपरिचित मानिसबाट साथ र सहयोग प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : आफ्नो मान र मर्यादामा धोखा हुने देखिन्छ। काम गर्दा सचेत हुनु राम्रो हुन्छ। राम्रो बोलीको अर्थ उल्टो लगाउनेहरु सक्रिय छन्। शिक्षा र स्वास्थ्यमा श्रमको फल प्राप्त हुनेछ। विदेशमा लगानी गरेको भए मनमा सन्तोष मिल्नेछ। परिवारको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ४ : ५८ बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा