६ सय परिवारका लागि लिफ्ट आयोजना « Khabarhub

६ सय परिवारका लागि लिफ्ट आयोजना


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएको लिफ्ट सिँचाइ आयोजनाको काम सुरु भएको छ ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले आइतबार ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना’को शिलान्यास गरेसँगै काम अघि बढाइएको हो ।

विदुर नगरपालिका–५ स्थित तादी खोलामा समवेल निर्माण गरेर दुई किलोमिटर उचाइको दूरीमा पर्ने विदुर–२ नुवाकोट दरबार क्षेत्रमा खानेपानी लैजाने पालिकाको महत्वकाङ्क्षी योजना कार्यान्वयनतर्फ अघि बढेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

खानेपानी तथा सरसफाइ डिभिजन नं २ धादिङमार्फत कार्यान्वयन गराउन लागिएको उक्त योजनामा चालु आर्थिक वर्षमा एक करोड बजेट प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष अच्युतम राजभण्डारीले जानकारी दिए ।

आगामी असार मसान्तसम्ममा नुवाकोट (विदुर–२ दरबार क्षेत्र) मा दुईलाख क्षमताको मुख्य वितरण ट्याङ्कीसहित एङ्गल ब्लक, पम्पघर, वेल्डिङसमवेलको काम पूरा गर्ने कार्यादेश रहेको छ ।

यसका लागि बागमती प्रदेश सरकारबाट ८७ लाख १८ हजारसहित उपभोक्तामार्फत नौ लाख ६८ हजार बराबरको श्रमदानको काम हुनेछ ।

उक्त योजना सम्पन्न पश्चात् विदुर नगरपालिका–२ नुवाकोट दरबार क्षेत्रका ६ सय घरधुरी लाभान्वित हुनेछन् । आयोजना पूरा गर्न १२ करोड लाग्ने बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ५३ बजे

स्याङ्जामा धान उत्पादन बढ्यो

वालिङ– गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा