माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत | Khabarhub Khabarhub

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका वडा नम्बर ६ को मतगणना सकिएको छ ।

इलाम २ अन्तर्गत पर्ने माईका ३ वटा वडामध्ये अहिले ६ नम्बर वडाको मतगणना सकिएको हो ।

माई वडा नम्बर ६ को मतगणना सकिँदा मुढा लिएर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्र थेगिमले सर्वाधिक भोट पाएका हुन् ।

यहाँ थेगिमको पक्षमा ५५१ मत खसेको हो । थेगिमले पहिलो मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्बाङको पक्षमा माई ६ बाट ५४१ मत झरेको छ ।

उता नेपाली कांग्रेसका डम्बर खड्कालाई तेस्रो अर्थात् ३३४ मत झरेको छ । यहाँ रास्वपाका मिलन लिम्बूलाई ८४ मत झरेको छ ।

यसअघघि माङ्सेबुङ वडा नम्बर ५ मा पनि थेगिमलाई पहिलो मत झरेको थियो ।

यो वडामा प्रसिद्ध किरात धार्मिकस्थल र किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास छ ।

माङ्सेबुङ वडा नम्बर ५ मा मुढा चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमलाई एकलौटी मत झरेको थियो ।

माङ्सेबुङ-५ मा थेगिमलाई एकलौटी अर्थात् १०३७ मत खसेको थियो ।

यहाँ दोस्रो मत नेकपा एमालेका सुहाङ नेम्बाङलाई खसेको थियो । उनको पक्षमा ६८ मत आउँदा नेपाली कांग्रेसका डम्बर खड्कालाई ४७ मत परेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : २५ बजे

आयआर्जनको माध्यम बन्दै मह सिकार

म्याग्दी– देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका

नेपाल–भारत समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश

तनहुँ– तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना हुने भएको छ ।

भोलक्यानोजमाथि नेपाल ४ विकेटले विजयी : कुशल र दीपेन्द्रको अर्धशतक

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास खेलमा नेपालको राष्ट्रिय क्रिकेट

संस्कृति संरक्षाणका लागि मादल बजाउने तालिम

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको