बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी « Khabarhub

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका हुन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई २६७ मतले पराजित गर्न सफल भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी छ ।

शनिबार भएको उपनिर्वाचनको अन्तिम परिणाम सोमबार सार्वजनिक हुँदा भण्डारीले सुदूरपश्चिम प्रदेश सभाको टिकट पक्का गरेका हुन् ।

विजयी भएका भण्डारीले ११ हजार ६१३ मत ल्याउन सफल भएका छन्।

उनीसँग पराजित कांग्रेका सिंहले ११ हजार ३४६ मत ल्याउन सफल भए ।

यहाँ नेकपा माओवादी केन्द्रका जनक बुढाको पक्षमा ३८ सय ३१ मत झरेको छ ।

उता नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५ सय १४ मत ल्याए ।

बझाङ १ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य २०८० असार ५ गते सवारी दुर्घटनामा ज्यान गएको थियो ।

उनको निधनपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले उनकै छोरा अभिषेकलाई टिकट दिएको थियो ।

तर प्रतिस्पर्धात्मक चुनावमा अभिषेकले बुवाको विरासत जोगाउन सकेनन् । बझाङमा सबै दल एक्ला एक्लै चुनावी मैदानमा थिए ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका र स्वतन्त्र उम्मेवार उठेका थिएनन् । शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ मत झरेको थियो । यहाँ ११ दलका उम्मेदवार एक्ला एक्लै मैदानमा थिए ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट पृथ्वीबहादुर सिंह १७ हजार १ सय १२ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ३९ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा