बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी « Khabarhub

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका हुन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई २६७ मतले पराजित गर्न सफल भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी छ ।

शनिबार भएको उपनिर्वाचनको अन्तिम परिणाम सोमबार सार्वजनिक हुँदा भण्डारीले सुदूरपश्चिम प्रदेश सभाको टिकट पक्का गरेका हुन् ।

विजयी भएका भण्डारीले ११ हजार ६१३ मत ल्याउन सफल भएका छन्।

उनीसँग पराजित कांग्रेका सिंहले ११ हजार ३४६ मत ल्याउन सफल भए ।

यहाँ नेकपा माओवादी केन्द्रका जनक बुढाको पक्षमा ३८ सय ३१ मत झरेको छ ।

उता नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५ सय १४ मत ल्याए ।

बझाङ १ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य २०८० असार ५ गते सवारी दुर्घटनामा ज्यान गएको थियो ।

उनको निधनपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले उनकै छोरा अभिषेकलाई टिकट दिएको थियो ।

तर प्रतिस्पर्धात्मक चुनावमा अभिषेकले बुवाको विरासत जोगाउन सकेनन् । बझाङमा सबै दल एक्ला एक्लै चुनावी मैदानमा थिए ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका र स्वतन्त्र उम्मेवार उठेका थिएनन् । शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ मत झरेको थियो । यहाँ ११ दलका उम्मेदवार एक्ला एक्लै मैदानमा थिए ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट पृथ्वीबहादुर सिंह १७ हजार १ सय १२ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ३९ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली