इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता | Khabarhub Khabarhub

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरापलिकाको मतगणना जारी छ ।

ताजा अवस्थामा नेकपा एमालेका सुहाङ नेम्बाङले १२ हजार ४०५ मतसहित अग्रता फराकिलो बनताउँदै लगेका छन्।

उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ८८२ मतसहित पछ्याइरहेका छन् । उनीहरू दुईजनाबीचको अन्तर बढेर ४५ सय २३ मत पुगेको छ ।

उता तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ७६९ मत ल्याइसकेका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको पक्षमा १६ सय ३६ मत मात्रै खसेको छ ।

आइतबारदेखि जारी मतगणनाका क्रममा स्वतन्त्र उम्मेदवार थेगिमलाई माई नगरपालिका-६ मा माङ्सेबुङ-५ मा जस्तै पहिलो भोट मिलेको छ ।

माईका ३ वटा वडामध्ये ६ नम्बरबाट थेगिमको पक्षमा ५५१ मत खसेको छ । थेगिमले पहिलो मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्बाङको पक्षमा माई ६ बाट ५४१ मत झरेको छ ।

कसलाई कति?
सूर्य (सुहाङ नेम्वाङ):१२४०५
रुख (डम्बर खड्का) :७८८२
मुढा (डकेन्द्र थेगीम) : ७७६९
घण्टी (मिलन लिम्बू) : १६३६

 

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ३६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

आज २०८१ साल जेठ ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले