इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता « Khabarhub

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरापलिकाको मतगणना जारी छ ।

ताजा अवस्थामा नेकपा एमालेका सुहाङ नेम्बाङले १२ हजार ४०५ मतसहित अग्रता फराकिलो बनताउँदै लगेका छन्।

उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ८८२ मतसहित पछ्याइरहेका छन् । उनीहरू दुईजनाबीचको अन्तर बढेर ४५ सय २३ मत पुगेको छ ।

उता तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ७६९ मत ल्याइसकेका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको पक्षमा १६ सय ३६ मत मात्रै खसेको छ ।

आइतबारदेखि जारी मतगणनाका क्रममा स्वतन्त्र उम्मेदवार थेगिमलाई माई नगरपालिका-६ मा माङ्सेबुङ-५ मा जस्तै पहिलो भोट मिलेको छ ।

माईका ३ वटा वडामध्ये ६ नम्बरबाट थेगिमको पक्षमा ५५१ मत खसेको छ । थेगिमले पहिलो मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्बाङको पक्षमा माई ६ बाट ५४१ मत झरेको छ ।

कसलाई कति?
सूर्य (सुहाङ नेम्वाङ):१२४०५
रुख (डम्बर खड्का) :७८८२
मुढा (डकेन्द्र थेगीम) : ७७६९
घण्टी (मिलन लिम्बू) : १६३६

 

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ३६ बजे

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को