म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल « Khabarhub

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी तथा मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागवेनीलगायतका क्षेत्रमा आएका छन् ।

पाहुनाका कारण पर्यटकीय क्षेत्रका होटल खचाखच भरिएका छन् भने सडकमा सार्वजनिक र निजी यातायातका साधन बाक्लै गुडेका बेनीको प्रवेश नाका कालीपुलस्थित ट्राफिक प्रहरीले जनाएको छ । म्याग्दीको पर्यटकीयस्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न दैनिक तीन सयदेखि चार सयसम्म पर्यटक जाने गरेका घोडेपानीका होटल व्यवसायी मिना पुनले बताइन् ।

स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वारसमेत भएको हुनाले मुस्ताङ जाने पर्यटकको भीड बेनीमा देख्न सकिन्छ ।

घोडेपानी टोल सुधार समितिका संयोजक विरेन गर्बुजाका अनुसार नयाँ वर्ष २०८१ को सुरुआतसँगै आन्तरिक तथा बाह्य पर्यटकको घोडेपानी र पुनहिलमा भीड लागेको छ ।

मुस्ताङमा पनि आन्तरिक तथा बाह्य पर्यटक बढेका पर्यटन तथा होटल व्यवसायीले बताएका छन् । मुस्ताङको मुक्तिनाथ, जोमसोम, लेते र उपल्लो मुस्ताङको लोमान्थाङमा पर्यटकको लर्को लागेको जोमसोमका व्यवसायी नवीन शेरचनले बताए ।

चितवनको क्षेत्रपुरबाट म्याग्दीको घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको भ्रमणमा आएका सागर श्रेष्ठ, मनिका श्रेष्ठ, सलिन काफ्लेलगायत उनको समूहका १५ युवा युवतीले पाँच दिनसम्म म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक क्षेत्रको भ्रमण गरेर शनिबार बेनी फर्किएको र यहाँ एक रात बसेर बागलुङ तथा कुश्माका पर्यटकीय क्षेत्रको घुमफिर गरेर मात्रै चितवन जाने जानकारी दिए ।

केही दिनयता बेनीमा आन्तरिक पर्यटकको आगमन साविककोभन्दा उल्लेख्यरुपमा बढेको बेनीका होटल व्यवसायीले बताएका छन् ।

वैशाख पहिलो सातादेखि नै म्याग्दीमा साविककोभन्दा पर्यटक बढी आएका र अधिकांश ठूला होटल भरिभराउ भएको होटल व्यवसायी बाबुराम आचार्यले जानकारी दिए ।

पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो । पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बागलुङ कालिका र पञ्चकोटमासमेत पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको आचार्यको भनाइ थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ३ : ३६ बजे

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई

शिक्षामा स्वजागरणको अभ्यास : अभिभावक-विद्यालयले के गर्ने ? 

काठमाडौं– भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो ।

विधानविपरीत केही व्यक्तिले विशेष महाधिवेशनका नाममा भेला डाके : कावा सभापति खड्का

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको विधानविपरीत केही व्यक्तिहरूले

‘विशेष महाधिवेशन विखण्डनको थलो हो, त्यता नजाऊँ भन्दा मानेनन्’

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि