भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक  « Khabarhub

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका सार्वजनिक गरिएको छ ।

सोमबार सम्मेलनको दोस्रो दिन अर्थमन्त्री वर्षमान पुनले नेपाल–भारत चेम्बर अफ कमर्सले तयार पारेको भारतीय लगानीकर्ताका लागि हातेपुस्तिका सार्वजनिक गरेका हुन् ।

सार्वजनिक हातेपुस्तिकामा नेपालमा भएका लगानीका सम्भावित क्षेत्रदेखि उद्योग दर्ता गर्ने प्रक्रियादेखि बजार र कर लगायतका विषयलाई समावेश गरिएको छ ।

साथै, सम्पत्ति सम्बन्धी कानून, लगानीको सुरक्षा सम्बन्धी कानून, बौद्धिक सम्पत्तिको सुरक्षा सम्बन्धी व्यवस्था, जनशक्ति, आयात तथा निर्यात गरिने वस्तुहरू लगायतको विषयमा जानकारी समावेश गरिएको छ ।

बन्दरगाह, विशेष आर्थिक क्षेत्र, औद्योगिक पार्क, ऊर्जा क्षेत्र र नाफाको अवस्थाको विषयमा पनि हातेपुस्तकमा जानकारीमूलक विषय उल्लेख छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ५ : १९ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली