‘सिधाकुरा’को ‘द डार्क फाइल’बारे काउन्सिल अध्यक्ष भन्छन् : प्रथम दृष्टिमै अपुष्ट र शंकास्पद थियो « Khabarhub

‘सिधाकुरा’को ‘द डार्क फाइल’बारे काउन्सिल अध्यक्ष भन्छन् : प्रथम दृष्टिमै अपुष्ट र शंकास्पद थियो


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘सिधाकुरा डटकम’ मा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको प्रकाशन र प्रसारण रोकिएको छ । दुई दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरू र मिडिया सञ्चालकहरूलाई समेत जोडेर सार्वजनिक ती सामग्रीले तरंग ल्याएका थिए ।

‘सिधाकुरा डटकम’मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश आनन्दमोहन भट्टराई र दुईजना मिडिया सञ्चालकलाई समेत जोड्दै अख्तियारको स्टिङ अपरेसन रोक्न सेटिङ गरेको आरोपसहित ती सामग्री प्रकाशन-प्रसारण भएका थिए ।

ती सामग्री आएलगत्तै प्रेस काउन्सिलले ’ ‘सिधाकुरा डटकम’लाई पत्र लेखेर २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो ।

तर ‘सिधाकुरा डटकम’का प्रकाशले ती सामग्रीको विश्वसनीयतामा आफू दृढ रहेको अडान लिएका थिए ।

उक्त सामग्रीलाई लिएर सर्वोच्च अदालतमा मानहानी मुद्दा दर्ता भएको पृष्ठभूमिमा प्रेस काउन्सिल नेपालले पनि छानबिन अघि बढाएको थियो ।

यसैबीच ‘सिधाकुरा डटकम’का सम्पादकले काउन्सिलले पठाएको पत्रअनुसार अध्ययन र अनुसन्धान अघि बढेका कारण हाललाई उक्त श्रृङ्खलाका सामाग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको जनाएका छन् ।

‘सिधाकुरा डटकम’का सम्पादकको उक्त निर्णयसँगै उक्त श्रृंखलाका यसअघि प्रसारित-प्रकाशित सामाग्री पनि हटाइएको छ ।

‘सिधाकुरा डटकम’का ती सामग्रीबारे काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले प्रथम दृष्टिमै शंकास्पद रहेकाले प्रश्न उठाइएको बताएका छन् ।

‘हामीले यो अडियोसहितको सामाग्री प्रसारण हुनासाथ प्रथम दृष्टिमै अपुष्ट र शंकास्पद ठानेका थियौँ । काउन्सिलको प्रारम्भिक अनुगमनले तथ्यगत रुपमा त्रुटिपूर्ण र असन्तुलित देखिएपछि त्यसलाई नरोक्दला थप आघात पुग्ने ठानी निर्देशन दिएका थियौं’, बस्नेतले भने, ‘प्रविधिको दुरुपयोग हुन नदिन यो घटनाले सबैलाई पाठ सिकाएको छ ।’

काउन्सिलले उक्त समाचार आएकै दिन त्यसलाई २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो । आचारसंहिता उल्लंघनमा एकैपटक यो समाचार हटाउन काउन्सिलले निर्देशन दिएको यो नौलो अभ्यास हो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : १२ बजे

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका