इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि « Khabarhub

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ ।

सदरमुकाम इलाम बजारका तीनवटा स्थानमा अहिले मतगणना भइरहेको छ । सोमबार साँझसम्म लगातार अग्रता बनाइरहेका नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।

सुहाङले ताजा अवस्थामा नेपाली कांग्रेस डम्बर खड्कालाई ६ हजार ५०७ मतको फराकिलो अन्तरले पछि पारेका छन् ।

सुहाङले १९ हजार ६९७ मत ल्याइएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार खड्काले ताजा अवस्थामा १३ हजार १९० मत ल्याएका छन् ।

उता तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ५१४ मत ल्याएका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ हजार ३ सय २३ मत पाएका छन्।

शनिबार भएकाे मतदानमा यहाँ ६६ हजार मत खसेको थियो । जसमध्ये ४८ हजार ९८ मत गणना सकिएको छ । अब ११ वडा वडाको मतगणना हुन बाँकी छ । यो क्षेत्रमा पर्ने ४२ मध्ये ३१ वडाको मतगणना भइसकेको छ ।

इलाम–२ उपनिर्वाचन अपडेट
सूर्य :१९,६९७
रुख : १३,१९०
मूढा : ९,५१४
घण्टी :३,३२३

इलाम नगरपालिका २ को अन्तिम परिणाम
सुहाङ नेम्वाङ : ५८३ (सूर्य)
डम्वर खड्का : ५१५ (रुख)
डेकेन्द्र थेगिम : १०४ (मुढा)
मिलन लिम्बू : ८१ (घण्टी)

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : १७ बजे

युद्धले रोजगारी गुम्ने पिरमा रहेका युवाको चित्कार– आफ्नै विमानस्थलमा पानीसमेत पाइएन

काठमाडौं- मध्यपूर्वको लडाईंको कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान स्थगित भएपछि

सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो

नेपालगन्ज– बाँकेका तीनै निर्वाचन क्षेत्रमा मतपेटीकासहित सम्पूर्ण निर्वाचन सामग्री निर्वाचन

बाँकेका सीमा नाका तीनदिन बन्द हुने 

काठमाडौं– प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचनका लागि बाँकेका सीमा नाका

दुबई एयरपोर्टमा फेरि विस्फोट, कम्तीमा चारजना घाइते, यात्रुबीच भागदौड

यूएई- संयुक्त अरब इमिरेट्सको दुबईमा फेरि विस्फोट भएको समाचार आएको

निर्वाचन आचारसंहिताको पालना गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र