कोशी सरकारविरुद्ध रिटको पेसी न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा « Khabarhub

कोशी सरकारविरुद्ध रिटको पेसी न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको छ ।

पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाएर एमालेका हिक्मत कार्कीलाई गरिएको नियुक्ती संविधान सम्मत नभएको भन्दै रिट दायर गरेका थिए ।

कार्कीले रिटमा मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गरेका छन् ।

उक्त रिटमा सर्वोच्चले गत वैशाख २८ गते प्रतिवादीसँग जवाफ माग गरेको थियो भने जेठ ९ गते मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउन आदेश दिएको थियो ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८० साल असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीलाई समर्थन गरेका एमाले सांसदले समर्थन फिर्ता लिए पछि ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले पदमुक्त गर्दै वैशाख २७ गते हिक्मत कार्कीलाई नियुक्त गरेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ११ : ०० बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट