एमाले मकवानपुरको अधिवेशनको तयारी अन्तिम चरणमा « Khabarhub

एमाले मकवानपुरको अधिवेशनको तयारी अन्तिम चरणमा


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

वाग्मती– नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ ।

हेटौँडामा यही जेठ १८ र १९ गते हुने १२ औँ जिल्ला अधिवेशनको पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए । एमाले मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले अधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न तयारी समितिसमेत गठन गरिएको बताए ।

मकवानपुरका १० वटै पालिकाका प्रतिनिधि, परिवेक्ष तथा विभिन्न जनवर्गीय संगठनबाट छानिएका सात सय ६९ प्रतिनिधि सहभागी हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठको भनाइ छ । 

सो अधिवेशनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । अधिवेशनलाई सफल बनाउन दुई सय जना स्वयंसेवक परिचालन गरिने र उद्घाटनको अघिल्लो दिन हेटौँडा उपमहानगरपालिका क्षेत्रमा मोटरसाइकल र्‍यालीको आयोजना गरिने जनाइएको छ । 

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १ : ०० बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका