कोपा अमेरिका : कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश « Khabarhub

कोपा अमेरिका : कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान एरिजोनामा सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा कोस्टारिकालाई ३–० गोलले हराउँदै कोलम्बिया क्वार्टरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको हो ।

कोलम्बियाका लुइस डियाज, डेविसन सान्चेज र जोन कोर्डोबाले एक–एक गोल गरेका थिए ।

लुइसले खेलको ३१औँ मिनेटमा कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ५९औँ मिनेटमा सान्चेज र ६२औँ मिनेटमा कोर्डोबाले गोल गर्दै कोलम्बियालाई ३–० गोलको जित दिलाए ।

यो जितसँगै कोलम्बिया २ खेलबाट ६ अंकसहित समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको कोस्टारिका १ अंकका साथ चौथो स्थानमा छ ।

समान खेलबाट दोस्रो स्थानमा रहेको ब्राजिलको २ अंक छ भने तेस्रो स्थानमा रहेको पारग्वेको १ अंक छ ।

यसैबीच, समूह ‘डी’ मा रहेका ब्राजिल र पाराग्वेबीच अहिले प्रतिस्पर्धा भइरहेको छ । क्वाटरफाइनलमा पुग्नका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।

 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ७ : ०४ बजे

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला

बूढीगण्डकी बाढीपछिको बेहाल (तस्बिर)

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको