हवाई सुरक्षाबारे संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव | Khabarhub Khabarhub

हवाई सुरक्षाबारे संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको हवाई यातायात सुरक्षाबारे प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । आज (बिहीबार) दर्ता भएको सो प्रस्तावमा सरकारको विषयगत मन्त्रालयदेखि नियामकसँग झण्डै डेढ दर्जन प्रश्नमा जवाफ माग गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद्‌ सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तरराष्ट्रिय संगठनहरूले नेपालको हवाई उड्ययन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एअरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधार गरी विश्वसनीयता बढाउन आवश्यक भएको’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेकी हुन्‌ ।

सांसद्‌ गौतमले नेपालको हवाई सुरक्षा मामिलालाई सुरक्षा मापदण्ड र ईयूको कालोसूचीमा परेको दुई कोणबाट हेर्नुपर्ने बताइन्‌ । विश्वभर नै हवाई यातायात अन्य यातायातको तुलनामा सुरक्षित मानिए पनि नेपालको सन्दर्भमा तुलनात्मक रूपमा सुरक्षित भनिएको हवाई क्षेत्रमा हरेक वर्ष एउटा न एउटा दुर्घटना भइरहेको उनले उल्लेख गरिन्‌ ।

दुर्घटना हुनुका थुप्रै कारण सरकारले थाहा पाएपछि पनि हवाई यातायात सुरक्षित बनाउन गम्भीरतापूर्वक नलागेको गौतमले दाबी गरिन्‌ । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेसँग हवाई सुरक्षासँग सम्बन्धित झण्ठै डेढ दर्जन सवाल पनि गरेकी छिन्‌ ।

नेपालमा हवाई दुर्घटना हुँदा धेरैजसो मौसमलाई दोष दिने गरिएको र बादलमा पसेर विमान ठोक्कियो भन्ने किसिमका कुराहरू धेरै सुनिएको, तर नेपालको जस्तो छिनछिनमा मौसम बदलिने देश त अरू पनि भएकोमा अन्त दुर्घटना नहुने, नेपालमा भइरहने किन भनी गौतमले प्रश्न गरेकी छन्‌ ।

मौसम प्रतिकूलताको उपाय कम गर्न सक्ने उपायहरू कत्तिको प्रयोगमा आएका छन्‌ भन्दै उनले भीएफआरको साटो आइएफआर फ्लाइटमा किन जोड नदिएको भनी अर्को प्रश्न गरिन् ।

पाइलटहरूलाई भीएफआर इन्टु आइएमसी (इन्स्ट्रुमेन्ट मेटोरोलोजिकल कन्डिसन) प्रयोग गर्नुपर्ने बाध्यताबारे पनि उनले जानकारी माग गरेकी छिन् ।

पाइलट, जनशक्तिको योग्यता, एअर ट्राफिक कन्ट्रोलर, विमान कम्पनी, विषयगत मन्त्रालयदेखि नियामक नेपाल नागरिक उड्ययन प्राधिकरण समेतलाई जवाफदेही बनाउनुपर्ने भन्दै सो प्रस्तावमा सरकारसँग जवाफ माग भएको छ ।

प्रस्तावमाथि विभिन्न दलका सांसद्‌हरूले धारणा राख्दै हवाई सुरक्षामा सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ७ : ४० बजे

दिल्लीमा शक्तिशाली विष्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसननजिक भएको कार

निकोलसलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश

काठमाडौं – सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दीप्रत्यक्षीकरणको

कुलमानसँग छुट्टिएका सुमना, बालेन र सुदन नयाँ दल दर्ता गर्दै

काठमाडौं– ऊर्जा मन्त्री कुलमान घिसिङसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद

मह आयात रोक्न माग गर्दै कृषि मन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाडौं – नेपाली मह उत्पादनको मौसममा बहुराष्ट्रिय कम्पनीलाई मह आयात

हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी

सुदूरपश्चिम – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत