आज २०८१ साल साउन १४ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन १४ गते सोमबारको राशिफल


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन १४ गते सोमबार तदनुसार सन् २०२४ जुलाई २९ तारिख। साउन कृष्ण पक्षको नवमी तिथि। विश्व बाघ दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : मनोकामना पूरा हुनेछ। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले लाभ हुनेछ। लगानीबाट फाइदा हुने दिन छ। विदेशमा भन्दा स्वदेशमै लगानी गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : सोचेर बोल्नु राम्रो हुनेछ। तपाईंको बोलीको प्रभावले दीर्घकालीन असर पार्नेछ। नयाँ संगठन र समीकरणको प्रभावले खुशी मिल्नेछ। गलत निर्णय गरेमा प्रश्न उठ्नेछन्। मर्यादामा बस्ने बानी गर्नु राम्रो होला। परिवारसँगको सम्बन्ध बलियो बन्नेछ।

मिथुन : आज एकपछि अर्को नयाँनयाँ कार्यको सुरुवात हुनेछ। तपाईंको कामको प्रशंसा हुने दिन छ। वैदेशिक रोजगारीका लागि गरेको लगानी भए उल्लेखनीय उपलब्धि हात लाग्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। प्रेम र परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : खर्च बढ्नेछ। नसोचेको ठाउँमा लगानी गर्नुपर्ने हुनसक्छ। नजिकैको ठानेका साथीले नै तपाईंविरुद्ध योजना बनाउने खतरा छ। परिवारभित्र खटपटी बढ्ने खतरा छ। अन्य सबै क्षेत्र खराब भए पनि राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछ।

सिंह : समय अनुकूल छ। धार्मिक कार्यमा मन जानेछ। धार्मिक कार्यमा सहभागी भएपछि मन शान्त हुनेछ। दैनिक काम सहज बन्नेछन्। नयाँनयाँ ज्ञान प्राप्त गर्ने हौसला मिल्नेछ। सीपसँगै जाँगर बढ्दा काम सफल बन्नेछ। परिवारसँगको विवादले उग्र रुप लिने भएकाले बोल्नु अगाडि सचेत बन्नुपर्ने दिन छ।

कन्या : तपाईंको योजना र निर्णय अधुरो रहने जोखिम देखिन्छ। रिसले मन अशान्त हुनेछ। आक्रोशलाई नियन्त्रण गर्नु राम्रो हुन्छ। विदेशको रमझमले मन आकर्षित हुनेछ। परिवारको साथ र सहयोग भने राम्रो प्राप्त हुनेछ।

तुला : परोपकारको भाव बढ्नेछ। व्यक्तिगत काम भन्दा सामाजिक काममा सक्रिय बन्ने योग छ। सामाजिक कामले तपाईंको प्रशंसा हुनेछ। अर्काको देखेर त्यही गर्न खोज्दा व्यक्तिगत काममा समस्या हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : अढैया शनिदेवका कारण राम्रो बोले पनि नराम्रो अर्थ लाग्नसक्छ। शान्त भएमा धन, मान र सम्मान बढ्नेछ। न्यायपूर्वक गरेको कामको उचित मूल्यांकन हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : बोलीम मिठास रहेको छ। शिक्षामा थोरै श्रम गरे पनि राम्रो फाइदा हुनेछ। बौद्धिक क्षेत्रमा एकपछि अर्को अवसर प्राप्त हुने दिन छ। लगानी गर्दा ठुलो मन गर्नु राम्रो हुनेछ। तपाईंको पहुँच स्वदेशदेखि विदेशसम्म बढ्नेछ। परिवारसँगको बसाइ शान्त बन्नेछ।

मकर : धन आर्जन गर्ने समय छ। कृषि क्षेत्रको लगानीबाट लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा हुने दिन छ। मन शान्त राख्न सके दिन राम्रो बन्नेछ। परिवारमा खटपटी बढ्नेछ।

कुम्भ : शनिदेवको छाया योग छ। झुटा आरोप लाग्ने खतरा हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर मन शान्त पार्न सक्नुहुन्छ। जन्मकुण्डलीमा शनिदेव सकारात्मक भए दिन राम्रो बन्नेछ।

मीन : समय रमाइलो छ। कमाइको केही अंश धार्मिक कार्यमा खर्च गर्नु राम्रो हुन्छ। बौद्धिक व्यक्तिसँगको भेटबाट नयाँ योजना बनाउने अवसर प्राप्त हुनेछ। आफ्नो उचाई भुल्न गएमा समाजमा विवाद बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ५ : ०० बजे

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

मकवानपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका

मतदाता फकाउन प्रकाशशरणले ल्याए सुरुङ मार्गदेखि केबलकार निर्माणसम्मको योजना

नुवाकोट- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले

प्रकाशशरण महतको चुनावी प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले

तनहुँ–१ मा चुनावी सरगर्मी, १६ उम्मेदवार मैदानमा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै

शौचालयका लागि संघर्ष गर्दैछन् इरान हान्न हिँडेको युद्धपोतका अमेरिकी सैनिक

वाशिङ्टन- इरानमाथि आक्रमणको तयारीमा रहेको अमेरिकी युद्धपोत यूएसएस गेराल्ड आर