सिग्देललाई प्रधानसेनापतिमा रोक्न गुहारियो सर्वोच्च, रिट दर्ताको टुंगो मंगलबार हुने « Khabarhub

सिग्देललाई प्रधानसेनापतिमा रोक्न गुहारियो सर्वोच्च, रिट दर्ताको टुंगो मंगलबार हुने


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाका रथी अशोकराज सिग्देलको नागरिकता विवादसम्बन्धी रिट दरपीठविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ ।

भावी प्रधानसेनापतिमा करिब निश्चित भइसकेका तीन तारे जर्नेल सिग्देलविरुद्ध सिन्धुलीका युवराज सफलले सर्वोच्च अदालत लगेको रिट दरपीठ भएपछि अर्को निवेदन हालेका हुन् ।

नागरिकता किर्ते आरोप लागेका सिग्देललाई भविष्यमा प्रधानसेनापति हुनबाट रोक लगाउन माग गर्दै सिन्धुलीका सफलले रिट हालेका थिए । तर आइतबार सर्वोच्च प्रशासनले उक्त रिटलाई दरपीठ गरिदिएपछि सोमबार अर्को निवेदन हालेका हुन् ।

अब उक्त निवेदनलाई लिएर मंगलबार पेशी तोकेर सर्वोच्चले आवश्यक निर्णय दिने भएको छ । मंगलबार सर्वोच्चले उक्त रिट दर्ता गर्ने या नगर्ने निर्णय दिने छ ।

आगामी साउन २० गतेभित्र उमेर एकिन हुन नसकेमा उनलाई प्रधानसेनापति वा कायममुकायम प्रधानसेनापति नियुक्त नगर्नू भनी मन्त्रिपरिषद कार्यालयको नाममा परमादेश जारी गर्न रिटमा भनिएको छ ।

सिग्देलको उमेर २०७९ साउन २८ गते नै ५८ वर्ष पुगिसकेको जिकिर गर्दै सफलले रथीमा गरिएको बढुवामासमेत प्रश्न उठाएका छन् ।

उनको नियुक्तिसम्बन्धी भए गरेका सम्पूर्ण निर्णय,पत्राचार, सिफारिस एवम् अन्य कार्यहरू उत्प्रेषणको आदेशले बदर गर्न र यदि त्यस्तो निर्णय नभएको भए गर्नबाट रोक लगाउन पनि रिटमा मागिएको छ ।

सिग्देलको सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचय पत्र र एसएलसीको प्रमाणपत्रमा एकथरी र नागरिकतामा अर्कै जन्ममिति रहेको दाबी सफलले रिटमा गरेका छन् ।

सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचापत्र र शैक्षिक प्रमाणपत्रमा २०२३ माघ १९ गते जन्ममिति रहेको उल्लेख छ । तर जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट २०४० साउन २९ गते लिएको नागरिकताको प्रमाणपत्रमा १७ वर्ष पूरा भएको उल्लेख गरिएको विवरण युवराजले पेश गरेका छन् ।

रुपन्देहीबाट नागरिकताको प्रतिलिपि लिँदा सिग्देलको जन्ममिति फरक रहेको रिटमा जिकिर गरिएको छ । सुपिङ क्याम्पस र त्रिभुवन विश्वविद्यालयको रेकर्डमा रहेको २०२१ चैत १९ गतेको मिति केरमेट गरी २०२३ माघ १९ गते बनाएको जिकिर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रथी सिग्देल र रक्षा मन्त्रालयलाई विपक्षी बनाइएको रिटलाई अग्राधिकार प्रदान गरि सुनुवाइको मिति तोक्नसमेत माग गरिएको छ । युवराजले रिट निवेदनसँगै सिग्देलको उमेर विवादसम्बन्धी विभिन्न प्रमाण पनि पेश गरेका छन् ।

यसअघि आइतबार सिग्देलविरुद्धको रिटलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । त्यसपछि उनले रिट दरपीठविरुद्ध सर्वोच्चमा अर्को निवेदन हालेका हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १२ : ५२ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती