व्यवसायीका लागि सहज नीति ल्याउँछु : सहरी विकासमन्त्री सिंह « Khabarhub

व्यवसायीका लागि सहज नीति ल्याउँछु : सहरी विकासमन्त्री सिंह


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवसाय गर्नेलाई सजिलो वातावरण सिर्जना गर्नको लागि नीति निर्माण गर्ने बताएका छन् ।

सोमबार ३०औँ कार्गो दिवसको उद्घाटन समारोहमा उनले नीति निर्माणको साथै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने बताए ।

उनले भने, ‘नेपाल सरकारको तर्फबाट तपाईँहरूको काम गर्दा जुन नीति सम्बन्धी समस्या भोगिरहनु भएको छ । त्यसको लागि खुकुलो पार्नेदेखि लिएर व्यवस्थित गर्नको लागि भूमिका निर्वाह गर्छु । काम र व्यवसाय गर्नेहरूलाई सजिलो होस भनेर नीतिहरू ल्याउने काम वर्तमान सरकारले गरेको छ ।’

उनले वर्तमान सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरू गरिरहेको भन्दै कुराभन्दा पनि काम गरेर देखाउने सरकारको मान्यता रहेको बताए ।

उनले भने, ‘तपाईँहरू के कुरामा ढुक्क भएर बस्नु भने अहिलेको सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरू गरिरहेको छ । धेरै कुराभन्दा पनि काम गरेर देखाउनु छ । त्यसमा सरकारले गर्नुपर्ने काम भन्नुहोला । सहकार्य गरौँ ।’

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ३ : ५८ बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ