कोरियाको राजदूतमा शिवमाया तुम्बाहाम्फे सिफारिस, कुन देशमा को ? « Khabarhub

कोरियाको राजदूतमा शिवमाया तुम्बाहाम्फे सिफारिस, कुन देशमा को ?


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई दक्षिण कोरियाका लागि नेपाली राजदूतका रुपमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले तुम्बाहाम्फेसहित १८ देशमा राजदूत नियुक्तिका लागि सिफिारिस गर्ने निर्णय गरेको हो । यस्तै भारतमा राजदूत शंकर शर्मालाई नै निरन्तरता दिइएको छ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई भने फिर्ता बोलाइएको छ । उनको स्थानमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको छ । उनी यसअघि भारतका लागि सिफारिस भएका थिए ।

यस्तै यसअघि अमेरिकाका लागि सिफारिस गरिएका चन्द्रप्रसाद घिमिरेलाई बेलायतका लागि सिफारिस गरिएको छ । यसअघि कतारबाट फर्काइएका डा. नरेशविक्रम ढकाललाई साउदी अरबको नयाँ राजदूतका लागि सिफारिस गरिएको छ । कतारका अमिरको नेपाल भ्रमण गराएपछि उनी चर्चामा आएका थिए ।

इजरायलका लागि धनप्रसाद पण्डित सिफारिस गरिएको छ । त्यहाँ कार्यरत कान्ता रिजाललाई अस्ट्रेलिया पठाउने सरकारले निर्णय गरेको छ ।यसअघि पोर्चुगलका लागि सिफारिस भएर पनि जान नपाएका सनिल नेपाल स्पेनका लागि सिफारिस भएका छन् ।

यता दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानमा परराष्ट्र मन्त्रालयका सहसचिव रीता धिताललाई राजदूतका रुपमा नियुक्त गर्न सिफारिस गर्ने सरकारले निर्णय गरेको छ ।

यस्तै रुसका मिलन तुलाधर र अष्ट्रेलियाका कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको छ । श्रीलंकाका बासुदेव मिश्र र दक्षिण अफ्रिकाका दानबहादुर तामाङलाई पनि फिर्ता बोलाउने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।

याे पनि…

१८ देशमा राजदूत सिफारिस, भारतमा शंकर शर्माकै निरन्तरता

कायममुकायम प्रधानसेनापतिको जिम्मा सिग्देललाई दिने सरकारको निर्णय

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख हेरफेर

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १० : १२ बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको