स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड र इस्पान्योल बराबरीमा « Khabarhub

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड र इस्पान्योल बराबरीमा


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड र इस्पान्योलले बराबरी खेलेका छन् ।

गएराति एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

एट्लेटिको मड्रिडका रोड्रिगो रिक्विल्मीले खेलको ५४औँ मिनेटमा गोल गरेको भए पनि भिएआरले मान्यता नदिएपछि इस्पान्योलसँग गोलरहित बराबरीमा चित्त बुझाउनु प¥यो ।

यो बराबरीसँगै तीन खेलबाट एट्लेटिको मड्रिड ५ अंकसहित तालिकाको चौथो स्थानमा छ । एट्लेटिकोले यसअघिका दुईमा एकमा जित र एकमा बराबरी गरेको थियो । इस्पान्योल भने १ अंक जोडेर १८औँ स्थानमा छ ।

यस्तै, आजै राति भएको खेलमा डिपोर्टिभो अलाभेस विजयी भएको छ । डिपोर्टिभोले रियाल सोसिडाडलाई २–१ गोलले हराएको हो ।

योसँगै डिपोर्टिभो अलाभेस ४ अंकसहित नवौँ स्थामा छ भने ३ अंक भएको सोसिडाड १२औँ स्थानमा छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ८ : ०७ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,