साँफे–मार्तडी सडक अवरुद्ध « Khabarhub

साँफे–मार्तडी सडक अवरुद्ध


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अछाम– लगातारको वर्षाका कारण अछामको साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका–१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम बनेको हो । पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएका अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

उनले पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउने प्रयास गरिने बताए । सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन् । योसँगै यात्रुले सास्ती खेप्नुपरेको छ ।

इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज प्रहरी निरीक्षक खगेन्द्र साउदको कमाण्डमा प्रहरीको टोली पहिरोस्थलमा खटिएको जनाइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  १२ : ०४ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी