नर्सिङ शिक्षामा देखिएका अन्यौलता हटाउन कानून आवश्यक : शिक्षामन्त्री « Khabarhub

नर्सिङ शिक्षामा देखिएका अन्यौलता हटाउन कानून आवश्यक : शिक्षामन्त्री


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नर्सिङ क्षेत्रको पढाईका विषयमा देखिएका अन्यौलता हटाउन कानून आवश्यक रहेको बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले प्राविधिक शिक्षासँग नर्सिङ क्षेत्रको पढाईलाई जोड्न अहिले देखिएका अन्यौलता हटाउन कानून आवश्यक रहेको त्यसका लागि मस्यौदा तयार भइरहेको बताएकी हुन्  ।

विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्न आग्रह गर्दै मन्त्री भट्टराईले यसले मात्रै यस क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरिन् ।

स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि स्वदेशमा नै चिकित्सा क्षेत्रको अध्ययनका लागि विभिन्न स्थानमा शिक्षालय स्थापनका साथै कोटा वृद्धिको विषयमा पनि गृहकार्य भइरहेको उनले जानकारी दिइन् ।

त्रिभुवन विश्वविद्यालयभित्र हुने बेथिति र समस्या सबैले भोग्नुपरेको भन्दै उनले विश्वविद्यालयलाई स्वायत्त नबनाएसम्म बलियो बनाउन नसकिने धारणा राखिन् ।

मन्त्री भट्टराईले एसईईको पूरक परीक्षामा समेत एनजी ल्याउने विद्यार्थीहरूलाई सीपमूलक बनाउनका लागि सिटिईभिटीमार्फत आवश्यक कार्यक्रम तर्जुमा गर्ने बताइन् ।

 

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  २ : २१ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन