रंग फेर्ने कुरामा प्रचण्ड र छेपारोको प्रतिस्पर्धा गराइदिऊँ : गोकुल बास्कोटा « Khabarhub

रंग फेर्ने कुरामा प्रचण्ड र छेपारोको प्रतिस्पर्धा गराइदिऊँ : गोकुल बास्कोटा


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रंग फेर्नमा सिपालु भएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले नेपाल विद्युत् प्राधिकरणको २२ अर्ब बक्यौतामध्ये १६ अर्ब छुट दिने निर्णय गरेका तत्कालीन प्रधानमन्त्री प्रचण्डले नै अहिले दोहोरो कुरा गर्न थालेको थियो ।

‘प्रचण्डकै पालामा २२ अर्ब बक्यौतामध्ये १६ अर्ब छुट दिने निर्णय भएको हो । अनि अहिले उहाँ नै अरूलाई दोष लगाएर दोहोरो कुरा गरिरहनु भएको छ’, उनले भने, ‘प्रचण्ड रंग फेर्न धेरै सिपालु, उहाँले छेपारालाई पनि उछिन्ने देखियो । बरु प्रचण्ड र छेपाराबीच रंग फेर्ने प्रतिस्पर्धा गरिदिऊँ ।’

उनले विद्युत् प्राधिकरणको बक्यौता उठाउन रोक्ने काम प्रचण्डले नै गरेको बताए । तत्कालीन अवस्थामा सरकारका रहँदा प्रचण्डले नै दुईवटा पत्र लेखेर बक्यौता उठाउन रोकेको दाबी पनि उनले गरेका छन् ।

 

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  २ : ४६ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच