गुजरातमा मनसुनी बाढी : २८ जनाको मृत्यु « Khabarhub

गुजरातमा मनसुनी बाढी : २८ जनाको मृत्यु


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

अहमदाबाद– भारतको गुजरात राज्यमा भारी मनसुनी  वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ ।

भारी बर्षाका कारण नदीको बहावहरू बढेका छन् भने नदी नजिक बसोबास रहेका ३० हजार भन्दा बढी मानिसहरू घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् ।

गुजरात सरकारले बुधबार १३ जनाको बाढीमा डुबेर मृत्यु भएको तथा बाँकीको घर वा रूखहरूले पुरिएर मृत्यु भएको जनाएको छ ।

इन्डियन एक्सप्रेसले राज्यभरी समाचार तयार पार्दासम्म बाढीका कारण ३५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

स्रोतका अनुसार विपद्बाट करिब एक हजार ८५६ जनालाई उद्धार गरिएको तथा राहत कार्यका लागि सेनाका अधिकारीहरू तैनाथ गरिएको छ ।

विपत्का कारण ऊर्जा तथा बिद्युत् सेवा प्रभावित हुँदा करिब एक हजार गाउँहरू बिद्युतविहीन भएको जनाइएको छ ।

विपद् अधिकारीहरूले सार्वजनिक गरेको तस्बिर तथा भिडियोमा उनीहरूले बाढीमा फसेका मानिसहरूलाई बचाउनका लागि प्रयास गरिरहेको देखाइएको छ ।

विज्ञहरूले जलवायु परिवर्तनले मौसमको ढाँचा परिवर्तन गर्दा चरम मौसमी दुर्घटनाको सङ्ख्या बढाइरहेको जनाएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ३ : ०६ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन