अमेरिकामा नेपाली युवती मुनाको हत्या, सीसीटीभी फुटेजमा देखिएका व्यक्ति पक्राउ « Khabarhub

अमेरिकामा नेपाली युवती मुनाको हत्या, सीसीटीभी फुटेजमा देखिएका व्यक्ति पक्राउ


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा २१ वर्षीया नेपाली युवती मुना पाण्डेलाई उनकै अपार्टमेन्टमा गोली हानेर हत्या गरेको घटनामा संलग्न भएको अभियोगमा एकजना व्यक्ति पक्राउ परेका छन् ।

सीसीटीभी फुटेजका आधारमा पहिचान भएका ती वृद्ध उमेरका व्यक्तिलाई ह्युस्टनस्थित प्रहरीले सडक यात्रारत रहेको अवस्थामा रोकेर पक्राउ गरेको हो ।

अमेरिकामा नेपाली पत्रकारहरूले संचालन गरेको अनलाइन नेप्योर्कले ती व्यक्ति पक्राउ परेको जनाएको छ । अर्को अनलाइन कोह्यु११ ले पनि तस्बिर सार्वजनिक भएपछिको सूचनाका आधारमा प्रहरीले ती व्यक्तिलाई ट्राफिकमा रोकिएका बेला समातेको हो ।

सडकमा भागिरहेका ती व्यक्ति मुना मृत भेटिएको अपार्टमेन्टमा अगस्ट २४ राति ९ बजेर ४८ मिनेटमा देखिएका थिए। त्यसपछि प्रहरीले उनको तस्बिर सार्वजनिक गरेको थियो ।

उनीसँग अहिले प्रहरीले बयान लिइरहेको छ । मुद्दा प्रक्रिया अघि बढाउन आवश्यक सबुत प्रमाण बटुल्न प्रहरी जुटेको छ ।

टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेन्टमा नेपाली विद्यार्थी पाण्डेको गोली हानेर हत्या गरिएको थियो । उनको शव सोमबार भेटिएको थियो ।

भोजपुर घर भएकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् । परिवारकी एक्ली छोरी मुनाको हत्याको कारणबारे अहिलेसम्म केही खुलेको छैन ।

२१ वर्षीया पाण्डे टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन। प्रहरीले यसअघि सार्वजनिक गरेको सीसीटीभी फुटेजमा मुनाको हत्या भएको स्थानबाट अभियुक्त अगस्ट २४ तारिख राति ९ बजेर ४८ मिनेटमा देखिएको प्रहरीले जनाएको थियो।

प्रहरीले मुनामाथि केही राउण्ड गोली प्रहार भएको जनाएको छ। अनुसन्धानका क्रममा प्रहरीले नेपालमा रहेकी मुनाकी आमा अनितासँगसमेत कुरा गरेको बताइएको छ ।

प्रहरीसँगको कुराकानीमा उनकी आमाले आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन्। उक्त सम्बन्ध तनावपूर्ण बनेकै कारण मुनाको हत्या भएको आशंका प्रहरीले गरेको थियो।

तर सार्वजनिक तस्बिर भने उनका प्रेमीको नभएको प्रहरीले प्रष्ट पारेको छ। त्यहाँको प्रहरीले घटनाको गम्भीर रुपमा छानबिन भइरहेको बताएको छ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ५ : ०६ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका