राष्ट्रियसभा : हुलाकी सडक निर्माणलाई गति दिन सांसदहरूको माग « Khabarhub

राष्ट्रियसभा : हुलाकी सडक निर्माणलाई गति दिन सांसदहरूको माग


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा बैठकको आकस्मिक समयमा सांसद आनन्दप्रसाद ढुङ्गानाले हुलाकी सडकलाई तराई मधेसको लाइफलाइन मानिए पनि निर्माणमा भइरहेको ढिलाइप्रति गुनासो गरे। उनले सो आयोजनामा देखिएको समस्या समाधान गरी तत्काल निर्माण कार्यमा गति दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद ढुङ्गानाले भने, ‘हुलाकी राजमार्ग बन्नुपर्छ, मधेसको विकास हुन्छ भनेर मत राख्दै आएको छु । सडक त बन्दै छ तर त्यहाँ निर्माणाधीन पुल समयमै बन्न सकेका छैनन् । अनशन गरेपछि मात्रै पुल बन्ने हो ?’

सांसद डा अञ्जान शाक्यले धुलिखेलमा ८४ वर्षीय वृद्ध भिक्षुमाथि साङ्घातिक आक्रमण भएको उल्लेख गर्दै दोषीमाथि कारबाहीको माग गरे  । उनले ती भिक्षुलाई सुनियोजित रूपमा लुटपाट गर्ने गरी आक्रमण भएको तथा उक्त घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरे।

सांसद वामदेव गौतमले नेपालको भौगर्भिक अवस्थाको अध्ययन नगरी सडक निर्माण गरिएकाले दुर्घटना बढ्दै गएको बताए । उनले वस्तुनिष्ठ योजना बनाई प्रभावकारी अध्ययन गरेर मात्रै सडक निर्माण गर्न सुझाव दिए ।

सांसद भुवनबहादुर सुनारले पछिल्लो समय महिला हिंसाका घटनामा वृद्धि भएकाले दोषीमाथि कारबाहीको माग गरे । उनले अन्तरजातीय प्रेम सम्बन्धका कारण म्याग्दीकी १९ वर्षीया युवतीको हत्या भएको उदाहरण दिँदै उक्त घटनामा संलग्न अपराधीलाई कारबाही गर्न सरकारसँग माग गरे ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ५ : २७ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना