नागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री गुप्ता « Khabarhub

नागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री गुप्ता


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पाटन– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आज आयोजित शाखा अधिकृतहरुको ३८औँ आधारभूत प्रशासन प्रशिक्षण दीक्षान्त समारोहमा उनले राष्ट्र, राष्ट्रियता र नागरिकलाई सम्झेर सार्वजनिक सेवा गर्नुपर्ने उल्लेख गरे ।

‘लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षा उत्तीर्ण गरेर निजामती सेवामा प्रवेश गर्न पाउनु महत्त्वपूर्ण उपलब्धि हो, यसले यहाँहरूलाई अवसर मात्रै दिएको हैन, सामाजिक उत्तरदायित्व र जिम्मेवारी पनि दिएको हो, यसलाई आत्मसात् गरेर नागरिकमैत्री सेवा दिनुहुनेछ भन्ने विश्वास छ’, मन्त्री गुप्ताले भने । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले प्रदान गर्ने तालिमलाई अझ गुणस्तरीय बनाउन पहल गर्ने उनको भनाइ थियो ।

मन्त्रालयका सचिव भरतमणि सुवेदीले सेवा प्रवेशको अवसरमा छ महिनासम्म सिकेका सिद्धान्त, कानुन तथा इतिहासलाई नेपालको आवश्यकता र सेवाग्राहीको भावनामा आधारित रहेर सेवा प्रवाह गर्नुपर्ने बताए ।

‘समुन्नत राष्ट्र बनाउनेतिर लाग्नुपर्छ, निजामती सेवाले ठूलो पहिचान दिनेछ, तपाईँको कामले भविष्यको पुस्ताले सम्मान गर्ने वातावरण बनोस्, नागरिकले सम्मान र सन्तुष्टि महसुस गर्ने गरी काम गर्नुहोस्’, उनले भने । सचिव सुवेदीले नेपालमा भविष्य छैन भन्ने भाष्यलाई चिर्दै आफ्नो भविष्य बनाउँदै र देशलाई लाभ हुने गरी काम गर्न आग्रह गरे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक डा राजन खनालले निजामती कर्मचारीको व्यावसायिक क्षेत्रमा प्रवेश गर्दै गरेका शाखा अधिकृतहरूले ज्ञानलाई सीपमा रूपान्तरण गर्नुपर्ने बताए  । वरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पोखरेलले कार्यदक्षता देखाएर काम गर्न आग्रह गरे ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ५ : ५३ बजे

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी