उमेर हदबारे एआईजी ज्ञवालीसहितको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश « Khabarhub

उमेर हदबारे एआईजी ज्ञवालीसहितको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले एआईजीपी श्याम ज्ञवालीसहितका प्रहरीका अधिकारीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश मात्रै जारी गरेको हो । अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउने भएको छ।

प्रहरी अधिकारीलाई उमेर हदअनुसार अवकाशमा जान लागेको भनी दायर रिटमा सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गर्दै छलफलमा बोलाउने आदेश दिएको हो ।

अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णयसहित सर्वोच्चले अर्को सुनुवाइमा यसबारे निर्णय लिने भएको छ।

विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी ज्ञवाली, डीआईजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट हालेका थिए ।

ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २६ गते अवकाशमा जान लागेका थिए। अन्य अधिकृत त्यसअघि नै अवकाशमा जाँदै थिए। उनीहरूलाई प्रहरी किताबखानाले अवकाशको चिठी पठाइसकेको छ।

यसअघि सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका आधारमा हुने अवकाश कार्यान्वयन नगर्न निर्देशनात्मक आदेश दिएको थियो। उक्त आदेशविरूद्ध सरकारले सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको छ।

२१ जना प्रहरी अधिकृतहरूले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगराउन अदालतको ढोका ढक्ढक्याएका थिए । प्रहरी नियमावली अनुसार अहिले एआइजीको उमेर ५६ र पदावधि ५ वर्षे हुन्छ। तर, अधिकांश एआइजीहरू पदावधि नसकिँदै अवकाशमा जाने गरेका छन् ।

डीआईजीहरूको पनि पदावधि पाँच वर्ष र ५६ वर्ष उमेर हद कायम गरिएको छ। प्रहरी ऐन संशोधन प्रस्तावमा उमेर हद ५७ र सेवा अवधि चार वर्षमा झार्नुपर्ने उल्लेख छ।

प्रहरीका माथिल्लो तहका अधिकांश अधिकारी र पूर्वप्रहरी अधिकारीहरू ३० वर्षे सेवाहद हटाउनुपर्ने पक्षमा छन्। ३० वर्षे सेवावधि हटाउन माग गर्दै विगतमा सर्वोच्चमा रिट परेको थियो। उक्त रिटमा सर्वोच्चले ऐनमार्फत् नै अवकाशको विवाद संशोधन गर्न परमादेश दिएको थियो।

२०७१ वैशाखमा कल्याण श्रेष्ठ, सुशीला कार्की, वैद्यनाथ उपाध्याय, तर्कराज भट्ट र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले ‘अवकाशको उमेर हद, नियमावलीको संशोधनबाट प्रहरी ऐनमै चाहिने व्यवस्थान गर्नू–गराउनू’ भनी परमादेश दिएको थियो।

एआईजी मदनबहादुर खड्कालगायतले ३० वर्षे सेवावधि हटाउन माग गरी दायर रिटमा त्यस्तो आदेश दिएको थियो। तर, सर्वोच्चको परमादेश कार्यान्वयन भएको छैन।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ७ : ३९ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका