आजका समाचार : टीआरसी विधेयक अब ऐन, थामिएन एमाले-माओवादी विवाद, महिला भलिबल खेलाडीलाई जनही तीन लाख | Khabarhub Khabarhub

आजका समाचार : टीआरसी विधेयक अब ऐन, थामिएन एमाले-माओवादी विवाद, महिला भलिबल खेलाडीलाई जनही तीन लाख


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति पौडलले प्रमाणीकरण गरे टीआरसी विधेयक

राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

टीआरसी विधेयक प्रमाणीकरणपछि अमेरिकासहित १० देश खुसी

अबदेखि हरेक महिना ‘सार्वजानिकस्थलमा राष्ट्रपति’, शुक्रबार भक्तपुर दरबार क्षेत्र जाने

विश्वका घटनाक्रम जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन ध्यानाकर्षण

नेकपा एमालेले विश्वका घटनाक्रमलाई नेपालसँग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन विभिन्न राजनीतिक दलको ध्यानाकर्षण गराएको छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले संसद्का कतिपय दलहरू खासगरि सत्ताबाट बाहिरिएसँगै विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर आएका आवेगपूर्ण टिप्पणीहरू र प्रतिक्रियाहरूप्रति आपत्ति जनाउँदै मुलुकको संवेदनशील अवस्थाप्रति गैर जिम्मेवार अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले भदौ १८ र १९ गतेका लागि बोलायो पोलिटब्युरो बैठक

गृहमन्त्रीको निर्देशन- चाडपर्वमा कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि सह्य हुँदैन

गृहमन्त्री रमेश लेखकले चाडपर्वलक्षित कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि र गुणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन, र प्रभावकारी बजार अनुगमन सम्बन्धी विषयमा सरोकारवालासँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचारका मुद्दामा हदम्याद राख्नु हुँदैन, कांग्रेस पनि यसमा तयार छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारका मुद्दामा पाँच वर्षे हदम्याद राख्न नहुने पक्षमा आफूहरू प्रष्ट रहेको बताएका छन् ।

धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

माओवादी केन्द्रको दुई प्रदेशमा परामर्श बैठकको कार्यतालिका हेरफेर

कांग्रेस-एमालेलाई प्रचण्डको चेतावनी : दुईतिहाइको अहंकार र घमण्ड नदेखाए हुन्छ

‘जनयुद्ध’लाई हिंसा भनेपछि योगेशमाथि संसद्‍बाटै लाग्यो हतियार तस्करी आरोप


बुधबार बसेको प्रतिनिधिको बैठकमा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले माओवादीले चलाएको १० वर्षे जनयुद्धलाई हिंसा भनेपछि सुरु भएको विवाद रोकिएको छैन ।

‘हाम्रो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए पहिले नै विद्युतमा आत्मनिर्भर हुन्थ्यो । विद्युत् उत्पादन गर्न गएका व्यवसायीलाई माओवादीले चन्दा आतंक मच्चायो, लखेट्यो’, उनले बुधबार भनेका थिए, ‘यदि त्यसो नभएको भए २०७५ सालमा होइन, २०६२ सालमै नेपाल लोडसेडिङमुक्त हुन्थ्यो ।’

हवाई सुरक्षाबारे संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

प्रतिनिधिसभा : महँगी नियन्त्रण गर्नुपर्नेमा सांसदको सुझाव

नर्सिङ शिक्षामा देखिएका अन्यौलता हटाउन कानून आवश्यक : शिक्षामन्त्री

प्रतिनिधिसभा बैठक : प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव

प्रचण्डलाई गोकुल बास्कोटाको सुझाव : भ्रममा नबस्नू, एक्लै लड्नू

रंग फेर्ने कुरामा प्रचण्ड र छेपारोको प्रतिस्पर्धा गराइदिऊँ : गोकुल बास्कोटा

कांग्रेस सांसदको दाबी : ओली-देउवाविरुद्ध टुँडिखेलको नाराबाजीमा रास्वपाको हात

राष्ट्रियसभा : हुलाकी सडक निर्माणलाई गति दिन सांसदहरूको माग

राष्ट्रियसभा बैठकको आकस्मिक समयमा सांसद आनन्दप्रसाद ढुङ्गानाले हुलाकी सडकलाई तराई मधेसको लाइफलाइन मानिए पनि निर्माणमा भइरहेको ढिलाइप्रति गुनासो गरे। उनले सो आयोजनामा देखिएको समस्या समाधान गरी तत्काल निर्माण कार्यमा गति दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद ढुङ्गानाले भने, ‘हुलाकी राजमार्ग बन्नुपर्छ, मधेसको विकास हुन्छ भनेर मत राख्दै आएको छु । सडक त बन्दै छ तर त्यहाँ निर्माणाधीन पुल समयमै बन्न सकेका छैनन् । अनशन गरेपछि मात्रै पुल बन्ने हो ?’

राष्ट्रियसभा बैठक : रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग

धुलिखेलमा कुटिए ८४ वर्षीय भिक्षु, डाक्टर शाक्यले संसद्‍मा उठाइन् कुरा

एकीकृत समाजवादीको वरिष्ठ नेतामा तीन जना मनोनीत

नेकपा एकीकृत समाजवादीले तीन जना नेतालाई वरिष्ठ नेतामा मनोनीत गरेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो ।

अर्थसंक्षेप : शेयर बजार ओरालो यात्रामा, मध्यभोटेकोशी आयोजनाको प्रसारण लाइन निर्माणमा सहमति

उमेर हदबारे एआईजी ज्ञवालीसहितको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले एआईजीपी श्याम ज्ञवालीसहितका प्रहरीका अधिकारीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश मात्रै जारी गरेको हो । अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउने भएको छ।

अन्तर्राष्ट्रिय…

टेलिग्रामका मालिक डुरोभलाई फ्रान्स छोड्न प्रतिबन्ध

गुजरातमा मनसुनी बाढी : २८ जनाको मृत्यु

चीन र फिलिपिन्स फेरि आमने-सामने, दक्षिण चीन सागरमा फेरि हलचल

पाकिस्तानमा पोलियोका कारण बालिकाको मृत्यु

खेलकुद…

महिला भलिबल खेलाडीलाई जनही तीन लाखसहित सरकारको पुरस्कार

नेपाल प्रिमियर लिग क्रिकेटमा ८ वटा फ्रेन्चाइज टोली

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ८ : २५ बजे

सुनसरीको एक उद्योगमा आगलागी

सुनसरी – सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा आज

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडानतर्फको इन्धनको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र

जग्गा, आवास व्यवस्था पुनरावलोन गर्न कार्यदल गठन

काठमडौं – सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या

दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

काठमाडौं – बडा दशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग

विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा