मुना पाण्डेको हत्या प्रकरण : पक्राउ परेका व्यक्ति ५१ वर्षीय बबीसिंह शाह « Khabarhub

मुना पाण्डेको हत्या प्रकरण : पक्राउ परेका व्यक्ति ५१ वर्षीय बबीसिंह शाह


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा २१ वर्षीया नेपाली युवती मुना पाण्डेको गोली हानेर हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्ति बबीसिंह शाह भएको खुलेको छ ।

सीसीटीभी फुटेजका आधारमा पहिचान भएका ५१ वर्षीय बबी लाई ह्युस्टनस्थित प्रहरीले सडक यात्रारत रहेको अवस्थामा रोकेर पक्राउ गरेको थियो ।

अमेरिकामा नेपाली पत्रकारहरूले संचालन गरेको अनलाइन नेप्योर्कले पक्राउ परेका व्यक्तिको पहिचान खुलेको जनाएको छ ।

पक्राउ परेका बबी मुना मृत भेटिएको अपार्टमेन्टमा अगस्ट २४ राति ९ बजेर ४८ मिनेटमा देखिएका थिए। त्यसपछि प्रहरीले उनको तस्बिर सार्वजनिक गरेको थियो ।

उनीसँग अहिले प्रहरीले बयान लिइरहेको छ । उनीविरुद्ध हत्याको मुद्दा दर्ता गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  १० : ५२ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको