पहिरोमा पुरिएका चार जना अझै बेपत्ता « Khabarhub

पहिरोमा पुरिएका चार जना अझै बेपत्ता


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता छन् ।

शनिबार बिहान गेट कन्ट्रोल गर्नका लागि बनाइएको दुई तले भवन माथिबाट खसेको पहिरोमा पुरिँदा नेपाली सेना गरुणदल गणका नरेन्द्रबहादुर पाल र शङ्कर चन्द, आयोजनामा कार्यरत कर्मचारीहरू नवलपरासी प्रतापपुरका ३५ वर्षे कृष्णप्रसाद चौधरी र दोलखा विगु गाउँपालिका–१ स्यालुका ३० वर्षे जयराम तामाङ बेपत्ता भएका थिए ।

जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले उक्त स्थानमा उद्धार टोली पुग्न नसकेको बताए । ‘हिजो बिहान १०ः३० बजेतिर कर्मचारीको सिफ्ट चेञ्ज भएको थियो । ११ बजेतिर घटना भयो’, गौतमले भने, ‘नेपाली सेनाका दुई जना र गेट-खोल्ने बन्द गर्ने कामका लागि करार सेवामा कार्यरत दुई जना कर्मचारी पहिरोमा पुरिएको जानकारी प्राप्त भएको छ ।’

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  २ : ३२ बजे

साताका समाचार : सुकुम्वासीलाई नहटाउन सर्वोच्चको आदेश, प्रधान्यायाधीशमा डा. शर्मा र दर्जन ट्रेड युनियन खारेज

काठमाडौं- डोजर चलेपछि बस्ती नहटाउन सर्वोच्चको आदेश वालेन्द्र शाह नेतृत्वको

भूमिमन्त्री भन्छिन् : पहिचान र व्यवस्थापन योजनापछि मात्रै भूमिहीन र सुकुम्वासीलाई हटाउँछौँ

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय

काठमाडौं- प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश

गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा

सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा !

काठमाडौं– गत भदौ २३ र २४ को दुई दिने जेन-जी