रास्वपा भन्छ- दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाइदियो « Khabarhub

रास्वपा भन्छ- दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाइदियो


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार प्राकृतिक विपत्तिको तयारीमा चुकेको निष्कर्ष निकालेको छ ।

आइतबार पार्टी कार्यालय चमतीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सरकार रास्वपा सभापति रवि लामिछानेलाई आरोप लगाउन केन्द्रित हुँदा  विपत्तिको सामना गर्न चुकेको दाबी छ ।

पार्टी प्रवक्ता मनिस झाका अनुसार सरकार, गठबन्धन, गठबन्धन आबद्ध दल र राजनीतिक कार्यकर्ताले रास्वपा, रवि र सहकारी बाहेक अरू केही नसोच्दा यो समस्या आएको हो ।

यता रास्वपा सांसद गणेश पराजुली पनि  दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाइदिएको दाबी गर्छन् ।

उनले खबरहबलाई भने, ‘दुई तिहाइको सरकार जनतापट्टि बन्दै गम्भीर भएन । दुई दिनको पानीले दुई तिहाइ सरकारको औकात देखाइदियो ।

पराजुलीका अनुसार केन्द्रीय समिति बैठकमा सरकारको काम प्रति सबैले असन्तुष्टि व्यक्त गरे ।

जोखिम हुने कुरा थाहा हुँदा हुँदै पनि पूर्व तयारीको साटो सरकार भाषण छाँटेर हिँडेको प्रवक्ता झा को तर्क छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : ४२ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि