अलपत्र ३४ यात्रुको हेलिकप्टरबाट उद्धार « Khabarhub

अलपत्र ३४ यात्रुको हेलिकप्टरबाट उद्धार


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – बाढीपहिरोका कारण बिपी राजमार्ग अवरुद्ध बनेपछि अलपत्र परेका ३४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । सुनकोशीको गजुरीदहबाट उनीहरुको उद्धार गरिएको हो ।

बिपी राजमार्गको नेपालथोक र मङ्गलटार बीचको भागमा अलपत्र परेका यात्रुलाई नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

उद्धार गरिएका मध्ये एक विदेशी नागरिक रहेका छन् । उनीहरुलाई गजुरदहबाट उद्धार गरी काठमाडौं पठाइएको हो ।

सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेका र काठमाडौँबाट सिन्धुलीतर्फ आउँदै गरेका सयौँ सवारीसाधन सडकमै थुनिएका थिए ।

नेपालथोकदेखि खुर्कोटसम्मको सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि नेपालथोकदेखि धुलीखेलसम्म सडक तत्काल खुलाउन कठिन भएपछि यात्रुको हेलिकप्टरमा उद्धार गर्न गृहमन्त्रालय र नेपाली सेनासँग समन्वय गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १० : २२ बजे

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी