आज २०८१ साल कात्तिक १३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक १३ गते मंगलबारको राशिफल


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक १३ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर २९ तारिख। कात्तिक कृष्ण पक्षको द्वादशी तिथि। प्रदोष व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। जुवाताल खेल्नुभए ठुलो घाटा हुनेछ। सानो कुराले मन अशान्त बन्नसक्छ। खानेबेलामा अप्रिय खबर सुन्नुपर्ने बाध्यता आइपर्नसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीले असहयोग गर्ने भएकाले सचेत बन्नुपर्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : थोरै बोलेर जित्नुपर्ने दिन छ। धेरै बोलेमा ठुलो क्षति हुनेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमा विकल्प देखिनेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। निजी क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा साथीहरुले असहयोग गर्नेछन्। धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

मिथुन : लगानीको क्षेत्रमा घाटा हुनेछ। सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। निजी प्रयासले भन्दा साथीभाइको सहयोगले तपाईंको आत्मबल बढ्नेछ। परिवारसँगको सम्बन्ध सफल बन्नेछ।

कर्कट : दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछ। राजनीतिक क्षेत्रमा साथी र संगठनको साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानी गरेको भए उन्नति हुनेछ। परिवारको रचनात्मक साथ मिल्नेछ।

सिंह : धनस्थानमा चन्द्रमा भएकाले सम्पत्ति आर्जन हुनेछ। साथीभाइले तपाईंलाई व्यापारमा राम्रो साथ दिनेछन्। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारमा बढी झुकाव देखाएका धोका हुने खतरा छ।

कन्या : तपाईंको राशिमा चन्द्रमा पुगेकाले दिन रमाइलो हुनेछ। शुभकार्य गर्ने योजना तय हुनेछन्। भगिनी संस्थामा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछन्। जुवा र तासको खालमा नबस्नु राम्रो हुनेछ।

तुला : खर्च बढ्नेछ। साथीभाइले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। मनमा शान्ति मिल्नेछ। न्यायको पर्खाइमा भए तपाईंको पक्षमा निर्णय हुनेछ। परिवारले सुख र दुःखमा राम्रो साथ दिनेछन्।

वृश्चिक : चन्द्रमा ११ औं स्थानमा भएकाले साथीहरुले तपाईंलाई विश्वास गर्नेछन्। आम्दानीका स्रोत सबल रहेका छन्। साना कुरामा बढी चासो गर्नाले मनमा खटपटी बढ्नेछ। प्रविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : तृतीय भावमा शनिदेव बसेका छन्। तपाईंको पराक्रमको प्रशंसा हुनेछ। साना कुरामा गरेको संघर्ष सफल हुनेछ। खानपानमा ख्याल नगर्नाले तपाईंलाई रोगले सताउने जोखिम छ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मकर : धनस्थानमा शुभग्रह भएकाले सम्पत्ति प्राप्त हुनेछ। व्यापारमा नाफा हुने योग छ। तपाईंको पक्षमा साथीले निर्णय गर्नेछन्। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ।. परिवारमा बढी विश्वास गर्नाले धोका हुनेछ।

कुम्भ : मन अशान्त बन्नेछ। साथीभाइले तपाईंको विरोध गर्नेछन्। कु्रा काट्ने साथीहरु सक्रिय छन्। संघ र संस्थामा लगानी नगर्नु राम्रो हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन सहज छ। पञ्चम भावमा शुभग्रह भएकाले शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ। परिवारले सकारात्मक साथ र सहयोग गर्नेछन्। सवारी साधनमा यात्रा गर्दा सचेत बन्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ५ : १३ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६