युवा खेलाडीलाई दिइने कोपा ट्रफी लमिन यमाललाई | Khabarhub Khabarhub

युवा खेलाडीलाई दिइने कोपा ट्रफी लमिन यमाललाई


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनका मिडफिल्डर रोड्रीले बालोन डी ओर अवार्ड जित्दा स्पेन तथा बार्सिलोनाका युवा स्टार लमिन यमालले कोपा ट्रफी जितेका छन्।

२१ वर्ष मुनिका खेलाडीलाई दिइने कोपा ट्रफी स्पेन तथा बार्सिलोनाका विङ्गर यमाललाई प्रदान गरिएको हो। गत जुलाईमा १७ वर्ष पुरा भएका उनले गत सिजन बार्सिलोनाका लागि ५० खेल खेल्दै ७ गोल गर्नुका साथै सात एसिस्ट गरेका थिए।

युरो कप विजेता टोलीका सदस्य उनले चार एसिस्ट गर्दै सबै भन्दा धेरै एसिस्टको कीर्तिमान कायम गरेका थिए। युरो कपमा उनी उत्कृष्ट युवा खेलाडी हुनुका साथै कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान कायम गर्न सफल भएका थिए।

अस्टन भिल्ला तथा अर्जेन्टिनाका इमिलियानो मार्टिनेजले दोस्रो वर्ष उत्कृष्ट गोलरक्षकको रूपमा यासिन ट्रफी जितेका छन्।

गत सिजन ५२ गोल गरेका हेरी केन र केलिएन एम्बाप्पेले संयुक्त रूपमा गर्ड म्युलर ट्रफी जितेका छन्।

रियल म्याड्रिड र फ्रान्सका कप्तान एम्बाप्पे अनुपस्थित भएको कार्यक्रममा वायरन म्युनिख तथा इङ्गल्यान्डका केनले सो अवार्ड लिएका थिए।

सन् २०२२ का विश्वकप विजेता टोलीका सदस्य उनले अस्टन भिल्लालाई प्रिमियरसिपको चौथो स्थानमा राख्दै च्याम्पियन्स लिगमा छनोट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ८ : ४१ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस