दूध बेचेर वार्षिक आठ लाख आम्दानी  | Khabarhub Khabarhub

दूध बेचेर वार्षिक आठ लाख आम्दानी 


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चौतारा – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैँसी पालेर वार्षिक रु दुई करोड ९८ लाख ८७ हजार एकै गाउँका किसानले कमाउन सफल भएका छन् ।  

विन्जेल तल्लागाउँका डिल्लीराम नेपाल गत एक वर्षमा १२ हजार ५१७ लिटर दूध बेचेर आठ लाख १२ हजार ४५५ कमाउन सफल भएका छन् । सोही टोलका ताराप्रसाद नेपाल संस्थामा धेरै दूध बेच्नेमध्ये दोस्रो नम्बरका किसान हुन्। उनले एक वर्षमा नौ हजार ८९६ लिटर दूध बिक्री गरेर छ लाख १६ हजार ३२० कमाउन सफल भएका छन् ।

तोयानाथ नेपाल र रवीन्द्रबहादुर नेपाल पनि संस्थामा धेरै दूध बेच्चे किसानमा पर्छन् । तोयानाथले एक वर्षमा आठ हजार ५४० लिटर दूध बेचेर पाँच लाख ४८ हजार ४४३ कमाएका छन भने रवीन्द्रले आठ हजार एकसय ४७ लिटर दूध बेचेर रु पाँच लाख १३ हजार ७०० हात पारेका छन् । 

एकै गाउँमा दुग्ध पदार्थ उत्पादन गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाबाट गत आवमा तीन लाख ७९ हजार १६१ लिटर दूध बेचेर रु दुई करोड ८९ लाख ७८ हजार गाउँमा भित्रिएको अध्यक्ष यदुनाथ नेपालले जानकारी दिए । 

चार सय ४८ शेयर सदस्य रहेको संस्थाले नियमितरूपमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थामा रु एक करोड २३ लाख १० हजार बचत तथा एक करोड एक लाख ४७ हजार ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक द्वारिका नेपाल बताउँछन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १ : ०१ बजे

एनपीएलका उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली

योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर : मुख्यमन्त्री सिंह

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशको द्रुत आर्थिक

बडेमानका कन्टेनर नाघ्दै इस्लामावाद छिरे इमरानका समर्थक (तस्बिरहरू)

इस्लामावाद- तीन दिनदेखि देशभरबाट भेला भएका इमरान खानका समर्थक अन्तत:

दुग्ध विकास संस्थान सुधार गर्छु : कृषिमन्त्री अधिकारी

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास

दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौं – दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई