युक्रेनको खार्किभमा भएको रूसी हमलामा चार जनाको मृत्यु « Khabarhub

युक्रेनको खार्किभमा भएको रूसी हमलामा चार जनाको मृत्यु


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मंगलबार भएको रूसी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको खार्किभका मेयर इगोर टेरेखोभले बताएका छन् ।

उनले टेलिग्राम मार्फत घटनाको जानकारी गराउँदै हमलामा मानवीय क्षति हुनुका साथै  घरहरू क्षतिग्रत भएको उल्लेख गरेका छन् । खार्किभ रूसी सीमाबाट करिब ३० किलोमिटर टाढा अवस्थित छ जसलाई साढे दुई वर्षको युद्धमा रूसी हवाई आक्रमणले ध्वस्त पारेको छ ।

सोमबार भएको रूसी हमलाले डेरजप्रोम भवनलाई क्षति पुर्‍याएको थियो जुन सोभियत युगको प्रारम्भिक आधुनिकतावादी भवन हो । 

स्रोतका अनुसार आक्रमणमा कम्तीमा छ जना घाइते भएका छन् भने एउटा स्वास्थ्य संस्थामा पनि क्षति पुगेको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  २ : ५२ बजे

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि