चौबीस फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

चौबीस फरार प्रतिवादी पक्राउ


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– विभिन्न मुद्दामा फरार २४ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।

वारदात पश्चात फरार रहेका ती प्रतिवादीलाई तिहारको मौकामा गाउँघरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनकाअनुसार पक्राउ पर्नेमा चोरी, लेनदेन, कुटपिट, जालसाजी र लागूऔषध कसूरका प्रतिवादी छन् ।

अदालतले पाँच जरिवानादेखि सात दिन कैदसम्म भुक्तानी गर्न बाँकी रहेका प्रतिवादीसमेत पक्राउ परेको प्रहरी उपरीक्षक बस्नेतले बताए।

 त्यसैगरी राजविराज नगरपालिका–६ सखडा रोडबाट तीन लाख नौ हजार छ सय ९५ को भन्सार छली गरेको कपडासहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रूपनी गाउँपालिका–५ का २६ वर्षीय चुनचुन यादव र राजगढ गाउँपालिका–२का २८ वर्षीय सञ्जय साह छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : ३० बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ