कैलाली समन्वय समिति प्रमुखमा कांग्रेसका उम्मेदवार पन्त | Khabarhub Khabarhub

कैलाली समन्वय समिति प्रमुखमा कांग्रेसका उम्मेदवार पन्त


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं यही मंसिर १६ गते हुने उप निर्वाचनका लागि कैलाली जिल्ला समन्वय समिति प्रमुख पदका लागि हुने निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट केशवराज पन्तलाई उम्मेदवार बनाउने भएको छ ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको आज बसेको बैठकले धनगढी उपमहानगरपालिका वडा न. २ का वडा सदस्य केशवराज पन्त लाई जिल्ला समन्वय समिति कैलाली प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत बहादुर रावत डोटेली कान्छाले बताएका छन् ।

निर्णय पश्चात  उम्मेदवार पन्तलाई नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरूले शुभकामना दिएका थिए । जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधन पश्चात रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदमा यही मंसिर १६ गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : ५१ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस